शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
संसद् बैठक

गत फागुनदेखि सरकार सञ्चालन गर्ने संयन्त्रमा छैन : गगन थापा

बिहीबार, ०५ भदौ २०८२, १४ : ५५
बिहीबार, ०५ भदौ २०८२

सारांश

  • कांग्रेस महामन्त्री गगन थापाले फागुन महिनादेखि सरकार सञ्चालन संयन्त्रमा नरहेको बताए ।
  • सांसद थापाले सरकार सफल बनाउन प्रधानमन्त्री र पार्टी सभापतिलाई दबाब दिइरहेको बताए ।
  • उनले आफू कांग्रेसको जिम्मेवार पदाधिकारी भएकाले सरकार सफल हुनुपर्छ भन्नेमा सचेत रहेको उल्लेख गरे ।

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गत फागुन महिनादेखि आफू सरकार सञ्चालन गर्न बनेको संयन्त्रमा नरहेको बताएका छन् । 

प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद थापाले फागुनदेखि सरकार सञ्चालन गर्ने संयन्त्रमा आफू सक्रिय नरहेको बताएका हुन् । 

‘फागुन महिनासम्म सरकार सञ्चालन गर्न बनेको संयन्त्रमा बसेर काम पनि गरेँ । सरकार बनेपछि सफल बनाउनुपर्छ भन्ने नै हो । अहिले त्यो जिम्मेवारीमा सक्रिय नरहे पनि सांसद छु,’ थापाले भने, ‘कांग्रेसको जिम्मेवार पदाधिकारी पनि हुँ । त्यसैले यो सरकार सफल हुनुपर्छ भन्नेमा मेरा काम र भूमिका हुनुपर्छ भन्नेमा सचेत छु ।’

थापाले सरकारलाई सफल बनाउनको लागि बन्द कोठामा प्रधानमन्त्री केपी शर्मा ओलीदेखि पार्टी सभापति शेरबहादुर देउवासम्मलाई निरन्तर दबाब दिइरहेको पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप