भारतको संसद् परिसरमा युवकको अनधिकृत प्रवेश
सारांश
- भारतको संसद भवनमा एक युवक पर्खाल नाघेर भित्र पसेका थिए।
- सुरक्षाकर्मीले उनलाई नियन्त्रणमा लिएका थिए र युवक मानसिक रूपमा अस्वस्थ रहेको पाइयो।
- यसअघि पनि संसद भवनमा आक्रमण र सुरक्षा उल्लङ्घनका घटनाहरू भएका थिए।
काठमाडौँ । शुक्रबार बिहान भारतको संसद् परिसरमा एक युवक पर्खाल नाघेर भित्र पसेको घटना सार्वजनिक भएको छ ।
समाचार एजेन्सी एएनआईका अनुसार, युवक गरुड द्वारतर्फ पुगेका थिए तर तुरुन्तै सीआईएसएफ सुरक्षाकर्मीहरूले उनलाई नियन्त्रणमा लिएका थिए । प्रहरीका अनुसार युवकको पहिचान उत्तर प्रदेश निवासी रामका रूपमा गरिएको छ, जो मानसिक रूपमा अस्वस्थ रहेको पाइएको छ ।
पीटीआईको रिपोर्टअनुसार, घटना बिहान ६:३० बजे भएको हो । सो समयमा संसद्को मनसुन अधिवेशन सकिसकेकोले त्यहाँ कुनै पनि सांसद उपस्थित थिएनन् ।
यसअघि पनि संसद् भवनमा आक्रमण र सुरक्षा उल्लङ्घनका घटना भएका थिए । सन् २००१ को डिसेम्बर १३ मा लस्कर–ए–तैयबा र जैश–ए–मोहम्मदका अतिवादीहरूले संसद् भवनमा आक्रमण गर्दा पाँच अतिवादीसहित १४ जनाको मृत्यु भएको थियो ।
त्यस्तै, सन् २०२३ को डिसेम्बर १३ मा लोकसभा कक्षमा शून्य समयमा दुई युवाले आगन्तुक ग्यालरीबाट हाम फालेर पहेँलो ग्यास छाड्दै सरकार विरोधी नारा लगाएका थिए । उक्त घटनामा प्रहरीले ६ जनालाई पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
-
गृहमा सुधनको ‘कमब्याक’ भण्डारीको प्रतिवेदनमा निर्भर !
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण