शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
खेलकुद

टप एण्ड टी–ट्वान्टी सिरिज : अन्तिम खेलमा पनि नेपाल पाकिस्तानसँग पराजित

शुक्रबार, ०६ भदौ २०८२, १८ : ४७
शुक्रबार, ०६ भदौ २०८२

काठमाडौँ । टप एण्ड टी–ट्वान्टी सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल पाकिस्तानसँग १ रनले पराजित भएको छ । 

डर्विनमा शुक्रबार भएको खेलमा पाकिस्तान शाहिन्सले नेपाललाई हराएको हो । पाकिस्तानले दिएको १४५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४३ रन बनायो । 

नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ५२ रनको अर्धशतकीय पारी खेले । ४४ बल खेलेका उनले ६ चौका र १ छक्का प्रहार गरे । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ४१ रन बनाउँदा आसिफ शेखले २७ रनको योगदान गरे  ।

पाकिस्तानका लागि फैसल अक्राम मोहम्द आसिमले दुई-दुई विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान शाहिन्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४४ रन बनाएको थियो । 

पाकिस्तानका लागि कप्तान इर्फान खानले सर्वाधिक ४२ रनको योगदान गरे । त्यस्तै अब्दुल शाहमदले २६ रन बनाउँदा  मोहम्दा वसिमले २३ र यसिर खानले १८ रनको योगदान गरे । 

बलिङतर्फ नेपालका लागि सोमपाल कामीले तीन विकेट लिए । त्यस्तै नन्दन यादव र दिपेन्द्र सिंह ऐरीले दुई–दुई विकेट लिए । नेपालका लागि कुशल भुर्तेलले एक विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप