सामूहिक बलात्कारमा १६ वर्ष र ६ वर्ष कैद तोकिएका दुई जना प्रतिवादी पक्राउ
सारांश
- काठमाडौंमा सामूहिक बलात्कार मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा चन्द्र बुढामगरलाई ६ वर्ष र यादव टण्डन खत्रीलाई १६ वर्ष कैद सजाय तोकिएको छ।
- उनीहरूलाई २०६७ सालमा दाङको तुलसीपुरमा भएको बलात्कार मुद्दामा पक्राउ गरिएको हो।
काठमाडौँ । सामूहिक बलात्कार मुद्दामा १६ वर्ष र ६ वर्ष कैद सजाय तोकिएका दुई जना प्रतिवादीलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । दाङको तुलसीपुरस्थित पातुखोलामा भएको बलात्कारमा संलग्नहरूलाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता (एसपी) युवराज खड्काले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा दाङको साबिक उरहरी गाविस घर भएका चन्द्र बुढामगर र यादव टण्डन खत्री छन् । २०६७ असार १५ मा राति साढे ११ बजेतिर उनीहरूले तुलसीपुर नगरपालिका वडा नम्बर–५ र ९ को सिमानामा पर्ने खोलामा बलात्कार गरेको घटनामा प्रहरीले अनुसन्धान गरेको थियो ।
सामूहिक बलात्कार तथा अपहरण मुद्दामा बुढामगरलाई सर्वोच्च अदालतले ६ वर्ष कैद र यादव टण्डन खत्रीलाई १६ वर्ष कैद सजाय हुने फैसला गरेको छ । २०७९ मा सर्वोच्चले सो फैसला गरेको हो । बुढामगरलाई काठमाडौँको बानेश्वरबाट र टण्डनलाई बालुवाटारबाट पक्राउ गरिएको एसपी खड्काले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण