अवरुद्ध कर्णाली राजमार्ग खुल्यो
बुधबार, ११ भदौ २०८२, २१ : ५३
सारांश
- कालीकोटको कालेखोलामा सडक भासिएपछि कर्णाली राजमार्ग अवरुद्ध भएको थियो।
- सडक डिभिजन कार्यालयका अनुसार, साँझ ६ बजेतिर एकतर्फी रूपमा राजमार्ग सञ्चालनमा आएको छ।
- अवरुद्ध राजमार्गमा साना सवारीसाधनहरूलाई अस्थायी रूपमा आवागमन अनुमति दिइएको छ।
जुम्ला । सडक भासिएपछि अवरुद्ध भएको कर्णाली राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको छ । कालीकोटको कालेखोलामा गएराति सडक भासिएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो ।
कालेखोलामा आएको लेदोसहितको पहिरोले भासिएको सडक पुनःनिर्माण गरेपछि साँझ ६ः ०० बजेतिर एकतर्फी रूपमा राजमार्ग सञ्चालनमा आएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दिपेन्द्रकुमार चौधरीले बताए ।
कालीकोटको खाँडाचक्र नगरपालिका–२ कालेखोलास्थित अवरुद्ध राजमार्ग तत्काल अस्थायी रूपमा साना सवारीसाधन (बस ट्रकबाहेक) आवागमन सञ्चालन भएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख चौधरीले जानकारी दिए ।
सडक खुलेपछि कर्णाली करिडोर र राजमार्ग हुँदै कालीकोट, जुम्ला, मुगु, बाजुरा हुँदै हुम्ला आवतजावत गर्न रोकिएका साना गाडी आआफ्नो गन्तव्यतर्फ लागेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविसँग कुरा नमिलेपछि सभामुख र विपक्षी दलका नेताहरू छलफलमा
-
भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नापनक्सा
-
अभिनयमा कमब्याक गर्दै कैट्रिना
-
चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा
-
एमसीए–नेपालद्वारा दुई नयाँ सबस्टेसन र २९७ किमि प्रसारण लाइन निर्माणको शुभारम्भ
-
गैरनेपालीलाई नागरिकता दिलाएको आरोपमा वडा अध्यक्ष र सचिवसहित चारजना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण