बाढी पहिरोले देशभरका विभिन्न ९ सडक पूर्णरुपमा अवरुद्ध : सडक विभाग
सारांश
- अविरल वर्षाका कारण देशभरका ९ वटा सडकमा आवतजावत पूर्ण रुपमा अवरुद्ध भएको छ।
- बाढी, पहिरो र डुबानका कारण सडकमा क्षति पुगेको र कतिपय स्थानमा मर्मतको काम भइरहेको छ।
- गल्छी-त्रिशूली-रसुवागढी, कर्णाली करिडोर, कोशी राजमार्ग, र अन्य सडकखण्डहरु बाढी र पहिरोका कारण अवरुद्ध छन्।
काठमाडौँ । अविरल वर्षाले देशभरका विभिन्न ९ सडकमा आवतजावत पूर्ण अवरुद्ध भएका छन् । सडक विभागद्वारा आज यहाँ सूचनाका अनुसार बाढी, पहिरोका कारण आज विभिन्न नौ सडक अवरुद्ध भएका छन् भने १५१ सडकखण्डमा एकतर्फी यातायात सञ्चालनमा आएको सूचनामा उल्लेख छ ।
सूचना अनुसार मुलुकभरका ३७१ सडक खण्डमध्ये २११ सडक खण्ड पूर्ण खुलेका छन् । सडक विभागका सूचना अधिकृत अमितकुमार शर्माले बाढी, पहिरो, डुबानले सडकमा क्षति पुग्नु, सवारी साधन आवतजावतमा समस्या हुनु, पुल बगाउनु, पुल तथा सडक निर्माण, अन्य मर्मत कार्यलगायतका कारण सडक अवरुद्ध भएको जानकारी दिए । उनले भने, ‘कतिपय स्थानमा अझै पनि बाढी, पहिरोका कारण मर्मत गरेर सडक सुचारु हुन सकेको छैन । कतिपय स्थानमा पहिरो पन्छाउने काम भइरहेको छ ।’
विभागका अनुसार यही असार २४ गते हिमताल फुटेर चीनबाट आएको बाढीका कारण गल्छी,त्रिशूली–मैलुङ–स्यापुबेशी–रसुवागढी सडक खण्ड अझैसम्म पूर्णरूपमा अवरुद्ध भएको छ । यसैगरी हुम्लाको पैमा नदीमा पानीको बहाव बढिरहेको कारण कर्णाली करिडोर दक्षिण खण्ड पनि पूर्णरूपमा अवरुद्ध छ ।
पानीको बहाव बढिरहेको र पुल निर्माण भइरहेको कारण उत्तर–दक्षिण कोशी राजमार्ग पनि पूर्णरूपमा अवरुद्ध भएको विभागको तथ्याङ्कमा उल्लेख छ । यही साउन ६ गते बेलिब्रिज बाढीले बगाएका कारण तमोर करिडोरको चतुरा–मुलघाट–माझीटार–अमरापुर डाँडा–गणेशचोक सडक खण्ड अवरुद्ध भएको विभागले जनाएको छ ।
तातोपानी–टिमुरेस्थित ठोरी–रसुवागढी सडक पनि पूर्णरूपमा अवरुद्ध भएको र हाल पहिरो पन्छाउने काम भइरहेको विभागको भनाइ छ । विभागका अनुसार पश्चिम रुकुमको भेरी करिडोर अन्तर्गत छिन्चु–मरिम सडक खण्ड पनि पूर्णरूपमा अवरुद्ध भएको र लेदो पहिरो पन्छाउने काम भइरहेको छ ।
‘रोल्पाको सहिद राजमार्ग पनि पूर्ण रूपक अवरुद्ध छ । निरन्तरको वर्षापछि पहिरो खसिरहेकाले वर्षा रोकिएपछि मात्रै पहिरो पन्छाउने काम हुनेछ,’ विभागको तथ्याङ्कमा उल्लेख छ, ‘दैलेखको सुर्खेत–तल्लो डुगेश्वर–जुम्ला सडक खण्ड समेत लगातार सुख्खा पहिरो खसिरहेकाले राति बाटो बन्द हुने र दिउँसो सुचारु हुने काम भइरहेको छ । यसैगरी अरनिको राजमार्गको सिन्धुपाल्चोकस्थित सडक खण्ड पूर्ण रूपक अवरुद्ध भएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण