‘स्त्री’को शुभ मुहूर्त, फिल्ममा सलोन र नम्रताकाे रोमान्स
बिहीबार, १२ भदौ २०८२, १४ : १५
सारांश
- फिल्म 'स्त्री' को शुभमुहूर्त ऋषि पञ्चमीको अवसरमा काठमाडौंको गणेशस्थान मन्दिरमा गरिएको छ।
- जीवन शाहीको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्म भदौ १४ गतेबाट छायाङ्कन सुरु हुनेछ।
- प्रमोद अग्रहरी, सलोन बस्नेत, रिस्ता बस्नेत र नम्रता श्रेष्ठको मुख्य भूमिका रहने यस फिल्ममा बाल कलाकार पनि छन्।
काठमाडौँ । फिल्म ‘स्त्री’को शुभमुहूर्त गरिएको छ । ऋषि पञ्चमीको अवसर पारेर कमलादीस्थित गणेशस्थान मन्दिरमा क्यामेरा पूजा गर्दै फिल्मको शुभ साइत गरिएको हो ।
फिल्म जीवन शाहीको लेखन तथा निर्देशनमा बन्न लागेको हो । भदौ १४ गतेबाट छायाङ्कनमा जाने फिल्मको काठमाडौँ आसपासमा ३५ दिन छायाङ्कन हुनेछ ।
मेला रेकर्डिङ स्टुडियोको ब्यानरमा समिर राई र डा. सुकदेव बिस्ट निर्माता रहेको फिल्ममा प्रमोद अग्रहरी, सलोन बस्नेत, रिस्ता बस्नेत र नम्रता श्रेष्ठको मुख्य भूमिका रहनेछ ।
सामाजिक कथामा बन्ने फिल्ममा बाल कलाकारमा दिप्सन चिलवाल र दीपेन्द्र चिलवालको अभिनय रहने छ । फिल्ममा सङ्गीत बाबुल गिरी, द्वन्द्व देव महर्जन, सहनिर्देशक चन्द्र भण्डारी र प्रोडक्सन म्यानेजर केवलमान सिंह बस्नेत, प्रोजेक्ट म्यानेजरमा सुवास काफ्ले रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘उनीहरू युद्ध गर्न होइन, पढ्न गएका थिए’
-
सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण