अख्तियारद्वारा ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर, ३६ लाखभन्दा बढी बिगो माग
सारांश
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको भेरी नगरपालिकाका अधिकारीहरू विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
- वडा कार्यालय भवन निर्माण ठेक्कामा अनियमितता गरेको आरोपमा ६ जना अधिकारी र २ जना ठेकेदारविरुद्ध मुद्दा दायर भएको छ।
- आयोगले ३६ लाख बढी बिगो माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको भेरी नगरपालिकाका वडा कार्यालय भवन निर्माण ठेक्कामा अनियमितता गरेको भन्दै नगरपालिकाका ६ जना अधिकारी र ठेकेदार कम्पनीका २ जना साझेदार गरी ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले उनीहरुविरुद्ध ३६ लाख २० हजार ५७८ रुपैयाँ १० पैसा बिगो माग गर्दै बिहीबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको हो ।
आयोगका अनुसार आर्थिक वर्ष २०८०/८१ मा भेरी नगरपालिकाको वडा नम्बर ६, ९ र १० को वडा कार्यालय भवन निर्माणको ठेक्का प्रक्रियामा सार्वजनिक खरिद कानुन तथा नियमावलीको गम्भीर उल्लङ्घन गरी भ्रष्टाचार गरिएको पाइएको छ ।
उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरजन्य कार्यमा नगद तथा अन्य प्रकृतिको गैरकानूनी लाभ लिने मतियार भई सोही ऐनको दफा २२ बमोजिमको कसुर गरेको हुँदा मुख्य कसुरदारसरह सजायको मागदाबी गरिएको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै दुर्घटनामा चार जनाले गुमाए ज्यान
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण