आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

२ जना मृतावस्थामा फेला

शनिबार, १४ भदौ २०८२, १६ : ०१
शनिबार, १४ भदौ २०८२

सारांश

  • बारा र सुनसरीमा २ जना मृत फेला परेका छन्।
  • बाराको जीतपुरसिमरामा एकजना र सुनसरीको इटहरीमा एकजना मृत फेला परे।
  • प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।

काठमाडौं । बारा र सुनसरीमा २ जना मृतावस्थामा फेला परेका छन् ।  बाराको जीतपुरसिमरा उपमहानगरपालिका-७ जीतपुर शान्ति टोलस्थित धर्मशालाको पेटीमा सर्लाही ईश्वरपुर नगरपालिका-७ फुल्जोर घर भएका ६० वर्षीय गोपाल चौधरी शुक्रबार मृत अवस्थामा फेला परेका छन् । 

यसैगरी सुनसरीको इटहरी उपमहानगरपालिका-६ स्थित इटहरी मेडिकल हलको पछाडी अन्दाजी ५० वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप