शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

मोटरसाइकल एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

आइतबार, १५ भदौ २०८२, २१ : २१
आइतबार, १५ भदौ २०८२

सारांश

  • बारामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
  • दुर्घटनामा रौतहट र सप्तरीका एक-एक जनाको मृत्यु भएको छ।
  • घाइते एक जनाको उपचार भइरहेको छ।

बारा ।  मोटरसाइकल एकापसमा ठोकिएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौटहतको गुजरा नगरपालिका–७ परसवा बस्ने अन्दाजी २५ वर्षीय रोशन चौधरी र सप्तरी बसवलपुर नगरपालिका–७ बस्ने २८ वर्षीय महेश पण्डित रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । 

आज दिउँसो जितपुरसिमरा उपमहानगरपालिका–२ पानीट्याङ्की नजिकै सिमरादेखि पथलैयातर्फ जाँदै गरेको बा९०प ६७९४ नंको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा प्र०६–००३ प१७५३ नंको मोटरसाइकल एकापसमा ठोकिएका थिए । 

बा९०प ६७९४ नंको मोटरसाइकलमा चालक चौधरी र त्यसको पछाडि रौतहट परासवा निवासी ३४ वर्षीय भूपेन्द्र चौधरी सवार थिए । भूपेन्द्र घाइते भएकामा उनको स्थानीय एक अस्पतालमा उपचार भइरहेको छ । पण्डितको एल एस न्यूरो अस्पताल परवानिपुरमा र चौधरीको प्रादेशिक अस्पताल कलैयामा उपचारका क्रममा मृत्यभएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप