अनुष्कामाथि मृणालको विवादित टिप्पणी
सारांश
- अभिनेत्री मृणाल ठाकुरले अनुष्का शर्मामाथि अनौठो टिप्पणी गरिन्, जसको सामाजिक सञ्जालमा आलोचना भयो।
- मृणालले आफूले अनुष्काको तुलनामा राम्रो काम गरिरहेको दाबी गरिन् र तत्कालको ख्याति नचाहेको बताइन्।
- प्रयोगकर्ताहरूले मृणालको भनाइको आलोचना गर्दै अनुष्काको अभिनय र निर्णयको प्रशंसा गरे।
मुम्बई । बलिउड अभिनेत्री मृणाल ठाकुरले अभिनेत्री बिपाशा बासुमाथि दिएको विवादास्पद बयानपछि अर्को एक पोडकास्टमा अनुष्का शर्मामाथि पनि अनौठो टिप्पणी गरेकी छिन्।
नाम उल्लेख नगरी उनले अनुष्कासँग आफूलाई तुलना मात्र गरिनन्, आफूलाई उनीभन्दा राम्रोसमेत भनिन्। एक पोडकास्टमा मृणाललाई सोधिएको थियो कि उनले कुनै त्यस्तो फिल्म छोडेकी छिन् जुन पछि सुपरहिट भयो ?
यसमा मृणालले भनिन्, ‘त्यस्ता फिल्म धेरै छन्। मैले नगर्ने निर्णय गरेकी थिएँ, किनभने म तयार थिइनँ। पक्कै पनि यसले विवाद निम्त्याउन सक्छ। फिल्म सुपरहिट भयो, तर अभिनेत्रीलाई अगाडि बढ्न खासै फाइदा भएन। पछि मैले महसुस गरेँ कि यदि मैले त्यो फिल्म गरेको भए, मैले आफूलाई गुमाउने थिएँ। उनी अहिले काम गरिरहेकी छैनन्, तर म काम गरिरहेकी छु, यो आफैँमा एक जित हो।’
उनले अगाडि भनिन्, ‘मलाई तत्कालको आनन्द, तत्कालको पहिचान र तत्कालको ख्याति चाहिँदैन, किनभने जुन कुरा छिटो पाइन्छ, त्यो छिटो नै जान्छ।’
मृणालको यो भिडियो भाइरल भएपछि अनुष्का शर्माका प्रशंसकहरूले उनको चर्को आलोचना गरिरहेका छन्। एक प्रशंसकले लेखेका छन्, ‘मलाई लाग्छ, उनले अनुष्काको कुरा गरेकी हुन्।’ यसको जवाफमा अर्का एक प्रयोगकर्ताले लेखेका छन्, ‘यदि यसो हो भने, उनी निकै मूर्ख हुन् किनभने अभिनय छोड्नु अनुष्काको आफ्नै इच्छा थियो।’
अर्का एक प्रयोगकर्ताले लेखेका छन्, ‘अनुष्का एक सुन्दर अभिनेत्री हुन्, यिनी उनको स्तरमा पुग्न सक्दिनन् ।’
एक प्रयोगकर्ताले लेखेका छन्, ‘हिम्मत त हेर्नुस्! यदि उनले अनुष्काको कुरा गरिरहेकी हुन् भने यो ध्यान दिन लायक छ कि उनले काम नगर्ने निर्णय आफैँले गरेकी हुन्। उनको सधैँ यही तरिका रहिआएको छ।’
स्मरण रहोस्, सुरुमा मृणाल ठाकुर फिल्म ‘सुल्तान’ को हिस्सा बन्ने तयारीमा थिइन्, तर सलमान खानले उनको सट्टा अनुष्कालाई लिने निर्णय गरेका थिए।
एकपटक शाहिद कपूर र मृणाल ठाकुर एक फिल्मको प्रचारका लागि ‘बिग बोस’ मा पुगेका थिए। त्यसबेला सलमानले आफैँ बताएका थिए कि उनका एक चिनजानका व्यक्तिले मृणाललाई आफ्नो फार्ममा ल्याएका थिए। त्यस समय उनी निकै पातली थिइन्, जसका कारण सलमानले कास्टिङमा बदलाव गरी अनुष्कालाई लिएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण