प्रायोजकविना नै भारतले एसिया कप खेल्ने सम्भावना
सारांश
- भारतीय क्रिकेट टोली एसिया कपमा प्रायोजकविहीन हुने सम्भावना छ, किनकि ड्रीम ११ ले सम्झौता तोडेको हो।
- बीसीसीआईले नयाँ मुख्य प्रायोजक छान्न अभिरुचि पत्र जारी गरेको छ, जसको अन्तिम प्रस्ताव सेप्टेम्बर १६ सम्म पेश गर्नुपर्नेछ।
- भारत सरकारले अनलाइन गेमिङमा प्रतिबन्ध लगाएपछि ड्रीम ११ ले बीसीसीआईसँगको सम्झौता तोडेको हो।
नयाँ दिल्ली । भारतीय क्रिकेट टोली आगामी एसिया कपमा प्रायोजकविहीन हुने सम्भावना देखिएको छ। ड्रीम ११ ले गत महिना आफ्नो सम्झौता तोड्दै भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) सँगको करारबाट हटेपछि यस्तो स्थिति आएको हो।
बीसीसीआई ले सेप्टेम्बर २ देखि नयाँ मुख्य प्रायोजक छान्न अभिरुचि पत्र जारी गरेको छ। इच्छुक कम्पनीहरूले सेप्टेम्बर १२ भित्र कागजात खरिद गर्नुपर्नेछ भने अन्तिम प्रस्ताव पठाउने म्याद सेप्टेम्बर १६ तोकिएको छ।
गत महिना भारत सरकारले अनलाइन गेमिङ बिल पास गर्दै रियल–मनी गेमिङमा प्रतिबन्ध लगाएको थियो। ड्रीम ११ को मुख्य व्यापार यही रहेकाले कम्पनीले बीसीसीआई सँगको सम्झौता तोडेको हो। उक्त सम्झौता सन् २०२६ सम्मका लागि ४४ मिलियन अमेरिकी डलर (करिब ३५८ करोड भारतीय रुपैयाँ) मूल्यको थियो।
यसअघि पनि बीसीसीआई प्रायोजक नबदलिएको होइन। सन् २०१९ मा मोबाइल कम्पनी ओप्पोले आफ्नो करार तोडेको थियो। त्यसपछि बाइजुज प्रायोजक बनेको र पछिल्लो पटक सन् २०२३ मा ड्रीम ११ले सफल बोली लगाएको थियो।
बीसीसीआई ले नयाँ प्रायोजक छनोटका लागि सार्वजनिक गरेको सुचनामा मदिरा ब्रान्ड, जुवा/बेटिङ, क्रिप्टोकरेन्सी, अनलाइन मनी गेमिङ, चुरोट, अश्लीलता वा ‘सार्वजनिक आचारसंहिताविरुद्ध जाने’ कुनै पनि सेवाले प्रस्ताव पेश गर्न नपाउने स्पष्ट गरिएको छ।
एशिया कपमा भारतको खेल तालिका
- भारतले सेप्टेम्बर ४ मा टिमलाई संयुक्त अरब इमिरेट्स पठाउने तयारी गरेको छ।
- सेप्टेम्बर १० : भारत विरुद्ध यूएई (दुबई)
- सेप्टेम्बर १४ : भारत विरुद्ध पाकिस्तान (दुबई)
- सेप्टेम्बर १९ : भारत विरुद्ध ओमान (अबुधाबी)
समूह ‘ए’ : भारत, पाकिस्तान, ओमान, यूएई
समूह ‘बी’ : अफगानिस्तान, बंगलादेश, हङकङ, श्रीलंका
प्रत्येक समूहका शीर्ष दुई टिम सुपर फोर चरणमा पुग्नेछन्। त्यहाँ शीर्ष दुई टिमले सेप्टेम्बर २८ मा हुने फाइनल खेल्नेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
-
उपाधि दाबेदार जर्मनीविरुद्ध बलियो प्रभाव छाड्ने दाउमा ‘डेब्युटेन्ट’ कुरासाओ
-
नागढुङ्गा–नौबिसे सडकमा कालोपत्रेको काम पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण