आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

जुम्लाको स्याउ काठमाडौँ ल्याउँदा प्रहरीले घुस माग्यो : राप्रपा

बुधबार, १८ भदौ २०८२, १३ : ३४
बुधबार, १८ भदौ २०८२

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जुम्लामा फलेको अर्ग्यानिक स्याउ काठमाडौँ ल्याउन लाग्दा प्रहरीले ठाउँठाउँमा घुस मागेको आरोप लगाएको छ । 

राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा आकस्मिक समयमा बोल्दै उनले जुम्लाका किसानले काठमाडौँमा अर्ग्यानिक स्याउ ल्याउन लाग्दा प्रहरीले ठाउँठाउँमा सय रुपैयाँसम्म घुस मागेको भन्दै गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराए । 

उनले भने, ‘जुम्लाबाट स्याउ ल्याउँदा प्रहरीले ठाउँठाउँमा १०० रुपियाँसम्म घुस मागिरहेको छ । सभामुखमार्फत गृहमन्त्रीलाई जानकारी गराउन चाहन्छु ।’

उनले विदेशी स्याउलाई रोकेर जुम्लाको स्याउ बिक्री हुने वातावरण निर्माण गर्न पनि सरकारसँग आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप