होसियार ! कोरियाको ई-७ भिसाका नाममा ठगिनुहोला !
सारांश
- वैदेशिक रोजगार विभागले ई-७ भिसाको नाममा रकम असुली गर्ने गतिविधि बढेको भन्दै सचेत रहन आग्रह गरेको छ।
- विभागले ई-७ भिसा प्रक्रिया सञ्चालन गर्न कुनै पनि संस्था वा व्यक्तिलाई स्वीकृति नदिएको जनाएको छ।
- श्रम मन्त्रालयबाट पारित कार्यविधि कार्यान्वयनको प्रक्रिया सुरु भएपनि मागपत्र प्रमाणीकरणका लागि आवेदन प्राप्त भएको छैन।
काठमाडौं । वैदेशिक रोजगार विभागले हालै केही व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत 'ई-७ भिसामा दक्षिण कोरिया पठाइदिन्छु' भन्दै गैरकानूनी रुपमा रकम असुली गर्ने गतिविधि बढेको भन्दै श्रमिकलाई सचेत रहन आग्रह गरेको छ।
विभागले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै हालसम्म कुनै पनि संस्था वा व्यक्तिलाई आधिकारिक रुपमा ई-७ भिसा प्रक्रिया सञ्चालन गर्ने स्वीकृति नदिइएको स्पष्ट पारेको छ। विभागका अनुसार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट स्वीकृत 'गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने कार्यविधि, २०८०' संशोधनसहित अन्तिमरुपमा २०८२ साउन १३ गते पारित भइसकेको छ र यसलाई कार्यान्वयन गर्ने प्रक्रिया सुरु गरिएको छ।
तर, विज्ञप्तिमा भनिएको छ – 'हालसम्म सो कार्यविधिअनुसार मागपत्र प्रमाणीकरणका लागि कुनै पनि आवेदन प्राप्त भएको छैन।' यसअघि कोरियास्थित नेपाली राजदूतावासले समेत हालसम्म ई-७ भिसासम्बन्धी प्रक्रिया अघि नबढेको जानकारी गराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण