बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय

आकाश भैरव प्रतिमा पुनःस्थापना

बिहीबार, १९ भदौ २०८२, १८ : २२
बिहीबार, १९ भदौ २०८२

काठमाडौँ । नेवा सभ्यता र संस्कृतिको संरक्षण तथा पुनर्जागरणका लागि महत्त्वपूर्ण कदम स्वरूप लौल टोलमा आकाश भैरव (हाथो भैलः आजु) को प्रतिमा पुनःस्थापना गरिएको छ । 

आगामी शनिबार र आइतबारका दिन विशेष पूजा–अर्चना तथा सुख–शान्तिको लागि जनकल्याणमुलक कार्यक्रमहरू गरी सम्पन्न गरिनेछ । 

सो कार्यक्रम लौल टोल सुधार समिति र लौन युवाद्वारा संयुक्तरुपमा र सम्पूर्ण समाजद्वारा आयोजना हुँदै छ ।

काठमाडौँ उपत्यकाको करिब तीन हजार वर्ष पुरानो इतिहास बोकेको आकाश भैरव पूजा नेवा समाजमा, विशेषतः ज्यापु जातिको मौलिक परम्परा हो ।  

यसले इन्द्र जात्रा (येंयाः पुन्ही) को अवसरमा विशेष महत्त्व पाएको छ । हराउँदै गएको ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदालाई पुनर्जीवित गर्दै, यसै वर्षदेखि निरन्तरता दिने लक्ष्यसाथ प्रतिमा निर्माण कार्य समाप्त गरी यस वर्षको इन्द्रजात्राको सुअवसरका दिन स्थापना गरिनेछ ।

यस धार्मिक कार्यको कुल अनुमानित लागत रु. २५ लाख रहेको छ । यसको लागि लोल टोल सुधार समिति र लोंल युवालयले आह्वान गरेको कोष सङ्कलन अभियानमा मुख्यतः स्थानीय टोलबासीहरूले नै स्वेच्छिक रूपमा आर्थिक योगदान गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप