सभापति चयन गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै
शुक्रबार, २० भदौ २०८२, ०६ : ५६
१
सारांश
- सङ्घीय संसद्को संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठक आज बस्दैछ, जसमा सभापतिको निर्वाचनका सम्बन्धमा प्रक्रिया अगाडि बढाइनेछ।
- कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा बस्ने बैठकमा सभापतिको निर्वाचनका लागि छलफल हुनेछ।
- ईश्वरीदेवी न्यौपानेले राजीनामा दिएपछि रिक्त रहेको सभापति पदमा रामहरि खतिवडा निर्विरोध भइसकेका छन्।
काठमाडौँ । सङ्घीय संसद्को संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठक आज बस्दैछ । कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा दिनको ५ः१५ बजे बस्नेगरी निर्धारण भएको समितिको बैठकमा सभापतिको निर्वाचनका सम्बन्धमा प्रक्रिया अगाडि बढाउने कार्यसूची छ ।
सो समितिको सभापति रहेकी ईश्वरीदेवी न्यौपानेले राजीनामा दिई राज्य व्यवस्था तथा सुशासन समितिको सभापति निर्वाचित भएपछि सभापति रिक्त रहँदै आएको थियो । सोही समितिको सभापति चयनका लागि बैठक बोलाइएको सूचनामा उल्लेख छ ।
समितिको सभापति पदमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा निर्विरोध भइसकेका छन् । बिहीबार दिउँसो २ देखि ४ बजेसम्म दिएको समयावधिमा खतिवडाको एकल उमेदवारी परेसँगै उनी निर्विरोध भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण