नेपाल–बंगलादेश 'हेड टु हेड', को बलियो ?
सारांश
- नेपाली फुटबल टोली हाल फिफा वरीयतामा १७१औँ स्थानमा रहेको छ।
- नेपालले भदौ २१ र २४ गते दशरथ रंगशालामा बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ।
- नेपाल र बंगलादेशबीचको खेलमा बंगलादेशको प्रदर्शन राम्रो देखिएको छ, तर नेपाल जितको योजनामा छ।
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोली फिफा वरीयताको १७१ औँ स्थानमा छ । विश्व फुटबलमा यो स्थान निकै तल मानिन्छ ।
नेपाली टोलीले अन्तर्राष्ट्रिय फुटबलमा पनि प्रभाव देखाउन सकेको छैन, जसका कारण देशभित्र फुटबल क्रेजमै कमी आएको चौतर्फी बहस हुन थालेको छ ।
यसैबिच नेपालले भदौ २१ र २४ गते दशरथ रंगशालामा बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्दै छ । खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले टिकट दर पनि तोकेको छ । जसअनुसार नेपालको खेल हेर्न भीआईपीतर्फ १ हजार र समान्यतर्फ ५०० रुपैयाँ तिर्नुपर्ने छ । समर्थकहरू नेपाली टोलीको सहज जितको चाहनामा छन् ।
तर हालसम्मको नतिजा हेर्दा नेपाली टोली निकै कमजोर देखिन्छ । तर फिफाको वरीयतामा नेपालभन्दा बंगलादेश ८ स्थान तल छ । हालसम्म नेपालले बंगलादेशसँग २४ खेलमा ८ जित निकालेको छ भने १३ वटामा पराजित भएको छ । तीन खेल बराबरीमा सकिएका छन् । यो आँकडाले नेपाली टोली कमजोर देखाउँछ । नेपालले बंगलादेशसँग चार वटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलेको छ । जहाँ दुवैले एक/एक खेलमा जित निकाल्दा दुई खेल भने बराबरीमा सकिएका छन् ।
सन् २०१३ को एएफसी एसियन कपमा नेपाल बंगलादेशसँग २–० गोलअन्तरले पराजित भएको थियो । त्यसै एसियन गेम्समा नेपाल बंगलादेशसँग १–० गोलले पराजित भएको थियो । दक्षिण एसियाली खेलकुद (साग) गेम्समा भने यी दुईबिच कुल सात खेल हुँदा चार वटामा बंगलादेशले बाजी मार्दा तीन खेलमा नेपाल विजयी बनेकाे थियो ।
साग फुटलमा तीन जना खेलाडी सिनियर टोलीको राख्ने र अन्य खेलाडी यू–२३ को राख्ने चलन छ । त्यसैले पनि नेपालले यो प्रतियोगितामा सोचे जस्तो राम्रो गर्न सकेको छैन ।
यता साफ फुटबलमा पनि बंगलादेशकै पकड बलियो छ । बंगलादेशले साफ फुटलमा नेपालसँग भएका कुल ८ खेलमा चार वटामा जित निकालेको छ । एक खेल भने बराबरीमा सकिएको थियो । सन् २०२१ मा भएको थ्री नेसन्स कपमा भने बंगलादेशमाथि नेपालले जित हात पारेको थियो । उक्त खेलमा नेपालले २–१ को जित निकालेको थियो ।
सन् १९८३ मा सम्पन्न मेर्डेका प्रतियोगितामा पनि नेपालले बंगलादेशसँग हार बेहोर्नुपरेको थियो । मलेसियामा हुने उक्त प्रतियोगितामा नेपाल १–० गोल अन्तरले पराजित भएको थियो ।
यसरी अन्तर्राष्ट्रिय प्रतियोगितामा बंगलादेश धेरै पटक नेपालका लागि बलियो टोली सावित भएको छ । तर यो पटक भने नेपाल बंगलादेशलाई कमजोर बनाउने योजनामा छ । यदि नेपालले बंगलादेशलाई घरेलु मैदानमा हुने दुई मैत्रीपूर्ण खेलमा हराउन सके नेपालका लागि ठुलो उपलब्धि हुनेछ ।
त्यसैले पनि नेपाली टोली यो मैत्रीपूर्ण खेलका लागि राम्रो तयारी गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण