आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

बीसीसीआईले भारतीय टिमको जर्सी प्रायोजन शुल्क बढायो, एक खेलकै ३.५ करोड रुपैयाँ

शनिबार, २१ भदौ २०८२, ०६ : ४५
शनिबार, २१ भदौ २०८२

सारांश

  • भारतीय क्रिकेट बोर्डले जर्सी प्रायोजनको दर बढाएको छ।
  • नयाँ दरअनुसार, द्विपक्षीय शृङ्खलाका लागि ३.५ करोड र बहुपक्षीय प्रतियोगिताका लागि १.५ करोड भारु लिनेछ।
  • ड्रीम-११ सँगको सम्झौता रद्द भएपछि बोर्डले नयाँ प्रायोजनको लागि टेन्डर जारी गरेको छ।
00:00 / NaN:NaN
Audio By AI

नयाँ दिल्ली । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले भारतीय क्रिकेट टिमको जर्सी प्रायोजनको दर बढाएको छ। 

नयाँ दरअनुसार, बोर्डले द्विपक्षीय शृङ्खलाका लागि प्रति खेल ३.५ करोड भारतीय रुपैयाँ लिनेछ, जबकि बहुपक्षीय (आईसीसी, एसिया कप र त्रिकोणीय शृङ्खला) प्रतियोगिताका लागि प्रति खेल १.५ करोड भारतीय रुपैयाँ लिनेछ। यसअघि यी दरहरू क्रमशः ३.१७ करोड र १.१२ करोड रुपैयाँ थिए।

क्रिकबजको एक रिपोर्टअनुसार, नयाँ दरहरू एसिया कपपछि लागू हुनेछन्। यस निर्णयले बीसीसीआईलाई ४०० करोड रुपैयाँभन्दा बढी कमाइ हुन सक्ने अनुमान गरिएको छ, यद्यपि अन्तिम रकम बोलीको नतिजामा निर्भर रहनेछ।

भारतीय बोर्डले यो निर्णय ड्रीम-११ ले जर्सी प्रायोजकबाट हात झिकेपछि गरेको हो। भारत सरकारको अनलाइन गेमिङ ऐन, २०२५ लागू भएपछि बीसीसीआईले ड्रीम-११ सँगको सम्झौता रद्द गरेको थियो।

  • को-कोले प्रायोजन गर्न पाउँदैनन्?

बीसीसीआईले यसै सेप्टेम्बर २ मा जर्सी प्रायोजनका लागि टेन्डर जारी गरेको थियो। टेन्डरका शर्तअनुसार, मदिरा, सुर्तीजन्य पदार्थ, सट्टेबाजी, रियल मनी गेमिङ (काल्पनिक खेलकुद गेमिङबाहेक), क्रिप्टोकरेन्सी र अश्लीलतासँग सम्बन्धित ब्रान्ड वा सार्वजनिक नैतिकतामा चोट पुर्‍याउने कम्पनीहरूलाई यस बोलीमा समावेश गरिने छैन। बीसीसीआईले आफ्नो आधिकारिक ट्विटरमा ट्विट गरेर यो जानकारी दिएको हो।

  • भारतीय टिम बिना प्रायोजक नै एसिया कपमा

भारतीय टिमले कुनै पनि प्रायोजक बिना नै एसिया कपमा भाग लिनेछ । नयाँ प्रायोजनका लागि बोली लगाउने अन्तिम मिति सेप्टेम्बर १६ तोकिएको छ, जबकि एसिया कप सेप्टेम्बर ९ बाट सुरु हुँदैछ।

एसिया कप २०२५ का लागि भारतीय टिम बिहीबार दुबई प्रस्थान गरेको छ। टिमका कप्तान सूर्यकुमार यादव, मुख्य प्रशिक्षक गौतम गम्भीर र हार्दिक पाण्ड्या बिहीबार मुम्बई विमानस्थलमा देखिएका थिए। 

प्रतियोगिता सेप्टेम्बर ९ देखि २८ सम्म चल्नेछ। भारतले सेप्टेम्बर १० मा यूएई, १४ मा पाकिस्तान र १९ मा ओमानसँग प्रतिस्पर्धा गर्नेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप