मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

विश्वकपबाट बाहिरिएपछि जर्मनका गोलकिपर केविन पीडामाः मोडल प्रेमिकाले भने उत्सव मनाइन्

शुक्रबार, १५ असार २०७५, १२ : ५७
शुक्रबार, १५ असार २०७५

एकतर्फ जर्मनीका गोलकिपर केविन ट्रेम्प आफ्नो समूहलाई दक्षिण कोरियाले हराएपछि विश्वकपबाट बाहिरिएको पीडा भोग्दै थिए भने त्यहाँबाट करिब पाँचसय मिल टाढा उनकी प्रेमिका र ब्राजिलकी मोडल इजाबेला गोलार्टलाई भने उनको पीडाले कुनै असर गरेन । जर्मनको समूह र उनका प्रशंसक खेलबाट बाहिरिएपछि पीडामा थिए तर उनका प्रेमिका भने प्रेमीको पीडालाई बिर्सेर आफ्नो देश अर्थात् ब्राजिललाई चियर गरिरहेकी थिइन् ।

सर्बियाविरुद्धको खेलअघि इजाबेला आफ्नो घरेलु समूह ब्राजिललाई समर्थन गर्नका लागि स्ट्यान्डमा उभिएर दर्शकलाई चियर गरिरहेको देखिएकी थिइन् । उनलाई आफ्नो प्रेमीको च्याम्पियन टीम विश्वकपबाट बाहिरिएको बारे कुनै चिन्ता थिएन । उनी त उत्सव मनाउनमा व्यस्त थिइन् किनभने उनको देश विश्वकप खेलको अर्को चरणमा प्रवेश गरेको थियो । जीत मनाइरहेका तस्बिर उनले आफ्नो सोसल मिडियामा पनि सेयर गरेकी छिन् ।

 

Vai Brasillllllllllll. 💛🇧🇷💚🇧🇷💛🇧🇷💚🇧🇷💛

A post shared by Alessandra Ambrosio (@alessandraambrosio) on

 

I wish some nights lasted forever ❤️ #paris #bdaynjr

A post shared by Izabel Goulart (@izabelgoulart) on

तस्बिरमा उनी ब्राजिलको १० नम्बरको जर्सी लगाइरहेको देख्न सकिन्छ । ब्राजिलका लागि १० नम्बरको जर्सी नेमारले लगाउँछन् । यद्यपी, उनको सोसल मिडियामा सेयर गरिएका तस्बिरमा केहीले ब्राजिलको पक्षमा लेखेका छन् भने कतिले उनी प्रेमीप्रति लापरवाह भएको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप