शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

मदन भण्डारीबारे बोलेको कुरालाई अनर्थ लगाइयो : प्रधानमन्त्री

आइतबार, २२ भदौ २०८२, १७ : ३३
आइतबार, २२ भदौ २०८२

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले गत असार १४ गते राष्ट्रिय सभागृहमा ‘मदन भण्डारीमाथि पनि आरोप लगाइन्थ्यो’ भनेर बोलेको कुरालाई अनर्थ लगाएर समाचार बनाएको गुनासो गरेका छन् ।

दोस्रो विधान महाधिवेशनको समापन समारोहलाई आइतबार सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेमाथि झुटा आरोपको चाङ लगाउने क्रममा यस्तो गरिएको बताए ।

‘झूटा आरोपको चाङ एमालेमाथि लगाइन्छ । मदन भण्डारीमाथि पनि आरोप लगाइन्थ्यो भनेको अनर्थ बनाई समाचार लेखेँ केहीले’,ओलीले भने, ‘लोकप्रियतावाद यस्तोले कमाउने हो । केही क्षण कमाउन यस्तो गर्छन् ।’

‘बजार हल्लाले कार्यकर्तामा अन्योल र भ्रम रहनु हुँदैन । पत्रकारले देखेर लेखे झैँ ईश्वर पोखरेललाई पानी टैंकमा पैसा राखेको समाचार लेखे । तथ्यविहीन’, ओलीको भनाइ छ ।  

उनले माओवादी बिगबिगीको उकालो लाग्ने समय १० वर्ष भएको भन्दै अब ओरालो लाग्ने समय १० वर्ष मात्र भएको पनि बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप