शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

जेनजीका जायज माग पूरा गर्न माधव नेपालको सुझाव

सोमबार, २३ भदौ २०८२, १६ : ४२
सोमबार, २३ भदौ २०८२

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललले भ्रष्टाचार र सामाजिक सञ्जालमाथि गरिएको नियन्त्रणविरुद्ध जेनजी पुस्ताको आन्दोलन भड्किएकाले यसप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

सोमबार जेनजी पुस्ताको आन्दोलनमा प्रहरी दमन बढ्दा ठुलो क्षति हुन पुगेको छ । त्यसपछि पूर्वप्रधानमन्त्री नेपालले सामाजिक सञ्जाललमा युवाहरूका जायज मागहरूप्रति पूर्ण समर्थन रहेको भन्दै निहत्था युवामाथि गरिएको सरकारी दमन र ज्यादतिको घोर भर्त्सना गरेका छन् ।

नेपालले दमनमा परी निधन हुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जलित अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।

साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै स्थितिलाई थप भड्किन नदिन तथा जनधनको थप क्षति हुन नदिन वार्ता एवम् संवादको माध्यमद्वारा युवाहरूका जायज मागहरू पूरा गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप