धनगढीमा दोस्रो दिन पनि जेनजीको आन्दोलन, सयौँ विद्यार्थी सडकमा
सारांश
- धनगढीमा जेनजी आन्दोलन दोस्रो दिन पनि जारी छ, जसमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन्।
- विद्यार्थीहरूले हत्या, भ्रष्टाचारको विरोध गर्दै सामाजिक न्याय र पारदर्शिताको माग गरेका छन्।
- आन्दोलनकारी विद्यार्थीले दोषीलाई कारबाही नभएसम्म आन्दोलन नरोकिने बताएका छन्।
धनगढी । केन्द्रीय राजधानीदेखि सुदूरपश्चिमसम्म फैलिएको जेनजी आन्दोलन दोस्रो दिन पनि जारी छ। बिहीबार धनगढीको कैलाली बहुमुखी क्याम्पस लगायतका शैक्षिक संस्थाका सयौँ विद्यार्थी सडकमा उत्रिएका छन्।
विद्यार्थीहरूले मान्छे मार्न पाइँदैन, भ्रष्टाचार मुर्दावादलगायतका नारा लगाउँदै शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गरेका छन्। उनीहरूको आन्दोलनले सामाजिक न्याय, पारदर्शिता र जबाफदेहिताको माग उठाएको छ।
हिजो बुधबार पनि धनगढीमा व्यापक संख्यामा विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका थिए। जेनजी पुस्ताले विद्यार्थीमाथि भएको हत्या, सामाजिक बेइमानी, र चरम भ्रष्टाचारको विरोधमा देशभर आन्दोलन चर्काएका छन्।
आन्दोलनमा सहभागी एक विद्यार्थीले धर्मराज तिमील्सिना भने- 'अब चुप लागेर बस्दैनौँ, दोषीलाई कारबाही नभएसम्म यो आन्दोलन रोकिँदैन, आवाज उठाउँला गोली हानेर मारेको छ, हामी चुप बस्दैनौँ,'
धनगढीमा अहिले सम्म शान्तिपूर्ण आन्दोलन भइरहेको छ। सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण