अराजकता मच्चाउने विरुद्ध सेनाको नेतृत्वमा अपरेसन
मङ्गलबार, २४ भदौ २०८२, २३ : २०
काठमाडौँ । जेनजी आन्दोलनका नाममा रातको समयमा अराजकता मच्चाउँदै हिँड्ने समूहलाई नेपाली सेनाले नियन्त्रणमा लिन थालेको छ ।
सोमबारदेखि सुरु भएको जेनजी आन्दोलन मंगलबार दिनभर पनि रोकिएन । नेपाली सेनाले मंगलबार साँझ अबेर जेनजीको नाममा भइरहेको प्रदर्शन रोक्न आग्रह गर्दै आन्दोलनरत पक्षलाई वार्तामा आउन भनेको थियो । जसअनुसार देशैभर सडकमा निस्किएको छ । तर अझै पनि उच्छृङ्खल गतिविधि रोकिएको छैन ।
यसै क्रममा सेनाले त्यस्ता अवाञ्छित क्रियाकलापमा संलग्नहरूलाई पक्राउ गरी नेपाली प्रहरीलाई बुझाउन थालेको छ ।
भर्खरै काठमाडौँको बानेश्वरमा तोडफोड गर्ने एउटा समूहलाई सेनाले पक्राउ गरेर आफूहरूलाई बुझाएको नेपाल प्रहरीका एक अधिकारीले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुरमा प्राविधिकमाथि कुटपिट
-
सलमान खानले छाड्न लागेका हुन् ग्यालेक्सी अपार्टमेन्ट ?
-
रास्वपामा बालबालिकाको प्रयोग : पार्टी मौन, मानवअधिकार आयोग बेखबर
-
पूर्वशेफद्वारा काइली जेनरमाथि गम्भीर आरोप
-
सर्लाहीका निलम्बित मेयर भरत थापालाई साधारण तारेखमा राख्न आदेश
-
गृहमन्त्रीपछि उद्योगमन्त्रीको गाडीको कालो सिसा हटाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण