बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

डिनर पार्टी चलिरहँदा ट्रम्पका अधिकारीहरूले झगडा गरेपछि...

बुधबार, २५ भदौ २०८२, १४ : १४
बुधबार, २५ भदौ २०८२

वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रशासनिक अधिकारीहरू एकअर्कासँग झगडा गरिरहेका छन् ।

ट्रम्पका सल्लाहकार शाखाका दुई अधिकारीहरूबिच हालै एक डिनर पार्टीमा झगडा भएको हो । यो कुरा यति बढ्यो कि एकले अर्कोलाई मुक्का हान्ने धम्कीसमेत दिए । पछि पार्टीमा उपस्थित अन्य व्यक्तिहरूले दुवैलाई शान्त पारे । डिनर पार्टी र अमेरिकी राजनीतिक सर्कलमा यसबारे निकै छलफल भइरहेको छ ।

यो घटना २०२५ को अगस्ट ३ को हो । ट्रम्प प्रशासनका अधिकारीहरू पोडकास्टर चामथ पलिहापिटियाको जन्मदिनको पार्टीमा भाग लिन वाशिंगटन डीसीको जर्जटाउनको एउटा क्लबमा पुगेका थिए । ट्रम्पका अर्थमन्त्री स्कट बेसेन्ट र आवास वित्त प्रमुख बिल पुल्टे पनि यस पार्टीमा उपस्थित थिए । पार्टीको क्रममा ककटेल सुरु हुनेबित्तिकै बेसेन्टले पुल्टे विरूद्ध अपशब्द प्रयोग गर्न थाले । ट्रम्पको अगाडि पुल्टेले उनको बारेमा चाहिँदा नचाहिँदा कुरा गरिरहेका थिए भनेर कसैले बेसेन्टलाई सुनाइदिए । 

बेसेन्टले रिसाउँदै पुल्टेलाई ‘तैले राष्ट्रपतिसँग किन मेरो बारेमा कुरा गरिरहेको छस् ? म तिम्रो अनुहारमा मुक्का हानिदिन्छु’ भने । दुई अधिकारीबिचको झगडा देखेर क्लबका सह–मालिक ओमस्द मलिक त्यहाँ पुगे । बेसेन्टले चिच्याउँदै मलिकसँग पुल्टेलाई क्लबबाट बाहिर निकाल्न भने । ‘या त यहाँ म बस्छु कि ऊ बस्छ । मलाई भन यहाँबाट को बाहिर जाँदैछ ?’ उनी चिच्याउँदै भनिरहेका थिए । 

यसमा पुल्टेले ‘म किन बाहिर जानु ?’ भनेर सोधे । त्यो सुनेर बेसेन्टले अपशब्द प्रयोग गरे । विवाद बढ्दै गएको देखेपछि मलिकले दुईलाई अलग गरे र बेसेन्टलाई क्लबको अर्को भागमा लगे । डिनरको समयमा पनि दुवैलाई टेबलको फरक–फरक छेउमा बस्न लगाइयो । यस घटनाबारे पार्टीमा निकै चर्चा भएको थियो । 

पार्टीमा यातायात मन्त्री सीन डफी, वाणिज्य मन्त्री हावर्ड लुटनिक, आन्तरिक मामिला मन्त्री डग बर्गम, कृषि मन्त्री ब्रुक रोलिन्स, राष्ट्रिय गुप्तचर निर्देशक तुलसी गब्बार्ड, एसबीए प्रशासक केली लोफ्लर, मेडिकेड प्रमुख मेहमेट ओज र उद्यमी डेभिड स्याक्स थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप