आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
समाचार

जेनजी आन्दोलन : ६३३ जना घाइते, ३८७ डिस्चार्ज

बुधबार, २५ भदौ २०८२, १७ : ०२
बुधबार, २५ भदौ २०८२

सारांश

  • जेनजी आन्दोलनमा घाइते हुनेको संख्या ६३३ पुगेको छ, जसमा २५ जनाको निधन भएको छ।
  • देशभरका अस्पतालमा घाइतेहरुको चाप बढेको थियो, जसले अन्य बिरामीको स्वास्थ्य सेवा प्रभावित गर्यो।
  • राष्ट्रिय ट्रमा सेन्टरमा ६७ जना घाइते उपचाररत छन्, जसमध्ये ७ जनाको अवस्था गम्भीर छ।

काठमाडौँ । जेनजी आन्दोलनमा हालसम्म घाइते हुनेको सख्या ६३३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतामा हालसम्म ६३३ जना घाइते भर्ना भएका र त्यसमध्ये ३८७ जना डिस्चार्ज भएका छन् ।

घाइते भएकामध्ये ५० जनालाई अन्य अस्पतालमा भर्ना गरिएको मन्त्रालयले जानकारी दिएको छ । हाल अस्पतालमा १९६ जना भर्ना भएका छन् । मन्त्रालयका अनुसार हालसम्म २५ जनाको निधन भएको छ ।

दुई दिनअघि देशव्यापी भएको प्रदर्शनमा राजधानीका बानेश्वरमा रहेको सिभिल अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरलगायत अस्पतालमा घाइतेको चाप बढेको थियो । जसका कारण अन्य बिरामीको स्वास्थ्य सेवा प्रभावितसमेत भएको थियो । 

यता पाटन अस्पतालका निर्देशक डाक्टर रवि शाक्यले भने, ‘हिजोदेखि ओपीडीमा कम बिरामी आएका छन् । सायद अस्पतालसम्म आउन सहज नभएर होला । अस्पतालका सबै सेवाहरू सञ्चालन भइरहेका छन् ।' पाटनमा जेनजी प्रदर्शनका क्रममा घाइते भएका ३३ जनालाई व्यवस्थापन गरिएको उनले बताए । यस अवधिमा कम्तीमा ६ देखि ७ जना बिरामीको सफल शल्यक्रिया (सर्जरी) समेत भइसकेको उनले बताए ।

उता जेनजी प्रदर्शनमा घाइते भएका ६७ जना राष्ट्रिय ट्रमा सेन्टरमा उचाररत छन् । मंगलबारको प्रदर्शनमा ४० जना घाइते उपचाररत छन् । जसमा ७ जना घाइते अवस्था गम्भीर रहेको राष्ट्रिय ट्रमा सेन्टर निर्देशक डाक्टर बद्री रिजालले बताए । स्वास्थ्य अवस्था गम्भीर भएकाहरूको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको छ ।

यस्तै सोमबार प्रदर्शनमा २७ घाइते पनि सेन्टरमा उपचाररत छन् । सोमबार ट्रमा सेन्टरमा आठ जना घाइतेको मृत्यु भएको थियो ।  निर्देशक रिजालले घाइतेका उपचारलाई प्राथमिकता दिई जनशक्ति दोब्बर पारेर ड्युटी गरेर व्यवस्थापन गरिएको बताए ।

उता त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराका अनुसार ४४ जना घाइते उपचाररत छन् । जसमा एक जनाको आईसीयूमा ‍उपचार भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप