आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय
अपडेट

कालिमाटीमा प्रहरीको गोली लागेका दुई जनाको मृत्यु

बुधबार, २५ भदौ २०८२, १७ : ३१
बुधबार, २५ भदौ २०८२

काठमाडौँ । जेनजी प्रदर्शनको क्रममा काठमाडौँको कालीमाटीमा प्रहरीको गोली लागेर घाइते भएका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २८ वर्षीय अर्जुन भट्ट र २३ वर्षीय देव कुमार सुवेदी छन् ।

मंगलबार कालिमाटीमा प्रहरीसँग झडप हुँदा उनीहरूलाई गोली लागेको थियो । उपचारको क्रममा उनीहरूको मृत्यु भएको बल्खु स्थित बयोधा अस्पतालका चिकित्सक डा. कुन्दन कर्णले विज्ञप्ति निकालेर जानकारी दिएका छन् ।

अर्जुन भट्टको शव पोस्टमार्टमको लागी पाटन अस्पताल पठाइएको छ । उदयपुर घर भएका सुवेदीको शव उनका आफन्तहरूले त्रिवि शिक्षण अस्पतालमा लागेका छन् ।

अहिलेसम्म प्रदर्शनमा गोली लागेर मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ । यसअघि काठमाडौँमा १७ र इटहरीमा दुई जनाको मृत्यु भएको थियो । प्रहरीतर्फ ६ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप