उत्तर कोरियाकी किम जु ए ‘मान्यता प्राप्त उत्तराधिकारी’ : सियोल
सारांश
- दक्षिण कोरियाको जासुसी एजेन्सीले किम जोङ उनकी छोरी किम जु एलाई उत्तराधिकारी मानेको छ।
- जु ए चीन भ्रमणमा सी जिनपिङ र भ्लादिमिर पुटिनलाई भेटेकी थिइन्, जसले उनको स्थिति बलियो बनाएको छ।
- विश्लेषकहरूले उनलाई सम्भावित उत्तराधिकारीका रूपमा लामो समयदेखि हेरिरहेका छन्।
सियोल । दक्षिण कोरियाको जासुसी एजेन्सीले बिहीबार उत्तर कोरियाली नेता किम जोङ उनकी छोरी किम जु एलाई उनको औपचारिक उत्तराधिकारीका रूपमा मान्यता दिएको जनाएको छ । जु ए हालै बेइजिङको उच्चस्तरीय भ्रमणमा आफ्नो बुबासँग सहभागी भएकी थिइन् ।
यो भ्रमणमा उनले चीनका राष्ट्रपति सी जिनपिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेटिन् । यसरी पहिलो आधिकारिक विदेश भ्रमण गर्दा किशोरी जु एले यस महिनाको सुरुमा अन्तर्राष्ट्रिय ध्यान तानेकी थिइन् । विश्लेषकहरूले लामो समयदेखि उनलाई सम्भावित उत्तराधिकारीका रूपमा हेरिरहेका छन् । तर केहीले उनको जेठो दाजुलाई पनि गोप्य रूपमा सत्ताका लागि तयार पारिएको हुन सक्ने सङ्केत दिएका थिए ।
‘जु एले सम्भावित उत्तराधिकारीका रूपमा आफ्नो स्थिति बलियो बनाउन पर्याप्त ‘क्रान्तिकारी कथा’ सुरक्षित गरेकी छन्’, दक्षिण कोरियाली सांसद ली सेओङ–क्वेन भने- ‘चीन भ्रमणमा उनको सहभागिता पनि त्यही उत्तराधिकार कथाको अंश हो ।’
जु ए सन् २०२२ मा पहिलो पटक सार्वजनिक रूपमा देखिएकी थिइन् । त्यतिबेला उनले बुबासँग अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइल प्रक्षेपण अवलोकन गरेकी थिइन् । त्यसपछि उत्तर कोरियाली राज्य मिडियाले उनलाई ‘प्रिय बच्चा’ र ‘मार्गदर्शन गर्ने महान व्यक्ति’ भनेर उल्लेख गर्न थाल्यो । यी शब्दहरू सामान्यतया शीर्ष नेताहरू र तिनका उत्तराधिकारीका लागि मात्र प्रयोग गरिन्छ ।
यसअघि उनको अस्तित्वको पुष्टि मात्र सन् २०१३ मा उत्तर कोरिया भ्रमण गरेका पूर्व एनबिए स्टार डेनिस रोडम्यानले गरेका थिए । उनले किम जोङ उनसँग भेट्दा जु एलाई भेटेको दाबी गरेका थिए । सियोलले सुरुआतमा किम र उनकी पत्नी रीले सन् २०१० मा पहिलो सन्तानका रूपमा पत्रुलाई जन्म दिनुभएको र जु ए दोस्रो सन्तान भएको सङ्केत गरेको थियो । तर सन् २०२३ मा दक्षिण कोरियाली एकीकरण मन्त्रीले किमको छोरा भएको विषयमा ‘निश्चित पुष्टि गर्न नसकिएको’ बताएका थिए ।
किम जोङ उन सन् २०११ मा आफ्नो बुबाको निधनपछि सत्तामा आए र उनले चार पटकको आणविक परीक्षण गराएका छन्, जसको पछिल्लो परीक्षण सन् २०१७ मा भएको थियो । सांसद लीका अनुसार, जु ए बाहेक किमको अर्को सन्तानबारे भएका अफवाहहरू– चाहे अपाङ्गता भएको वा विदेशमा अध्ययनरत रहेको – ‘विश्वसनीय छैनन् ।’
लीले भने- ‘विशेषगरी विदेश अध्ययनबारे कुरा हो भने, यस्तो कुरा लुकाउन खोजे पनि अनिवार्य रूपमा थाहा हुन्छ । त्यसैले यो सम्भावना निकै कम छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण