सुर्खेतमा फेरि कर्फ्यू आदेश जारी
सुर्खेत। सुर्खेतमा पुन: कर्फ्यू आदेश जारी गरिएको छ ।जिल्ला प्रशासन कार्यालय सुर्खेतले बिहीबार बेलुका ७ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म लागू हुने गरी कर्फ्यू आदेश जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायद्वारा जारी गरिएको यो आदेश स्थानीय प्रशासन ऐन, २०२८ (संशोधन समेत) को दफा ६ (क) बमोजिम शान्ति भङ्ग हुन नदिनका लागि हो।
उनका अनुसार वीरेन्द्रनगरको सुब्बाकुनादेखि पश्चिम बाङ्गेसिमलसम्म रत्न राजमार्गको उत्तर क्षेत्र (उपत्यका सबै) र दक्षिण तर्फ रत्न राजमार्गको ३०० मिटरभित्र कर्फ्यू जारी गरिएको छ।
कर्फ्यूको समयमा कुनै पनि सभा, जुलुस वा भिडभाड गर्न नपाइने गरी शान्ति सुरक्षा कायम गर्नु आदेशको मुख्य लक्ष्य रहेको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ।
विज्ञप्ति अनुसार कर्फ्यूको अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरूलाई भने छुट दिइएको छ।
यसमा एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारी साधनहरू र सञ्चारकर्मीहरूको आवागमनमा सुरक्षाकर्मीहरूबाट सहजीकरण गरिने उल्लेख छ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतले यस आदेशको पालना गरी शान्ति र सुव्यवस्था कायम गर्न सहयोग पुर्याउन सबैमा अनुरोध गरेको छ।
बिहीबार बिहानदेखि बेलुका ७ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण