मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय
समाचार

सेनाले हिम्मत नगरे जनता सडकमा आउँछन्: ज्ञानेन्द्र शाही

बिहीबार, २६ भदौ २०८२, २३ : ४०
बिहीबार, २६ भदौ २०८२

सारांश

  • राप्रपा सांसद ज्ञानेन्द्र शाहीले नेपाली सेनालाई हिम्मत गर्न आह्वान गरेका छन्।
  • उनले राष्ट्रिय एकता र नेपाली जनताको इज्जत जोगाउन सेनाको भूमिका महत्त्वपूर्ण हुने बताए।
  • शाहीले फेसबुकमार्फत कुनै पनि बेला निर्णायक निर्णय आउन सक्ने चेतावनी दिए।

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालमार्फत नेपाली सेनालाई हिम्मत गर्न आह्वान गरेका छन्। उनले राष्ट्रिय एकता, नेपाली जनताको इज्जत र प्रतिष्ठा जोगाउन सेनाले निर्णायक भूमिका खेल्नुपर्नेमा जोड दिएका छन्।

शाहीले बिहीबार सामाजिक सञ्जाल फेसबुक स्ट्याटसमा लेखेका छन्, ‘उपत्यका मात्र होइन, नेपालभरिका आमाबुबा, दाजुभाइ र दिदीबहिनीहरू तयारी अवस्थामा बस्नुपर्छ। कुनै पनि निर्णायक निर्णय आउन सक्छ।’

उनले सेनालाई लक्षित गर्दै भनेका छन्, ‘अब हिम्मत गरेर परमाधिपति र राष्ट्रलाई जोगाउनुपर्छ। यदि सेनाले जिम्मेवारी पूरा गर्न सकेन भने फेरि नेपाली जनता सडकमा निस्कनेछन्। अब नेपालीहरू चुप लागेर बस्दैनन्।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप