शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
समाचार

जेनजी आन्दोलनमा ज्यान गुमाएकाको शव परिवारलाई हस्तान्तरण गर्न सुरू

शुक्रबार, २७ भदौ २०८२, १३ : १७
शुक्रबार, २७ भदौ २०८२

सारांश

  • जेनजी आन्दोलनमा ज्यान गुमाएका व्यक्तिको शव पोस्टमार्टमपछि परिवारलाई हस्तान्तरण गर्न थालिएको छ।
  • देशभर जेनजी प्रदर्शनमा ५१ जनाको मृत्यु भएको प्रहरी प्रवक्ताले बताएका छन्।
  • प्रदर्शनकारी र प्रहरीबीचको झडपमा परी केही प्रहरी र प्रदर्शनकारीको मृत्यु भएको छ।

काठमाडौँ । जेनजी आन्दोलनको क्रममा ज्यान गुमाएका व्यक्तिहरूको शव पोस्टमार्टमपछि परिवारलाई हस्तान्तरण गर्न सुरु गरिएको छ।

महाराजगञ्जस्थित महाराजगञ्ज मेडिकल क्याम्पसमा शव परीक्षण गरेर सम्बन्धित परिवारलाई शव बुझाउने काम भइरहेको छ।

जेनजी प्रदर्शनमा देशभर ५१ जनाको मृत्यु भएको प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेले बताएका छन् । 

genz dead body (1)

प्रदर्शनकारीसँग झडप हुँदा प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत २ जना र प्रभाग कोटेश्वरमा कार्यरत एक जनाको मृत्यु पुष्टि भएको छ । प्रदर्शनकारीतर्फ प्रहरीको बल प्रयोगमा २१ जनाको मृत्यु भएको डीआईजी घिमिरेले बताए ।

प्रदर्शनको क्रममा आगजनीमा परेर, प्रदर्शनमा भागदौड हुँदा र करेन्ट लागेर १८ जनाको मृत्यु भएको छ ।

genz dead body (2)genz dead body (3)genz dead body (4)genz dead body (6)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप