जेनजी प्रदर्शनमा भएकाे सीसाजन्य फोहर महानगरले सङ्कलन नगर्ने
शुक्रबार, २७ भदौ २०८२, १६ : १९
काठमाडौँ । जेनजी प्रदर्शनमा भएकाे सीसाजन्य फोहर काठमाडौँ महानगरपालिकाले सङ्कलन नगर्ने भएको छ । महानगरको वातावरण व्यवस्थापन विभागले शुक्रबार एक सूचना जारी गर्दै सीसाजन्य फोहर सङ्कलन नगरिने जनाएको हो ।
गत सोमबार र मंगलबार जेनजी पुस्ताका युवाहरूले गरेको प्रदर्शनका क्रममा ध्वस्त भएका संरचनाहरूबाट निस्किएका सीसाजन्य फोहर महानगरले सङ्कलन नगर्ने जारी सूचनामा उल्लेख गरिएको छ ।
यस्ता फोहरहरूलाई सामान्य फोहरसँगै ल्यान्डफिल साइटमा पुऱ्याउन नमिल्दै बताउँदै जारी सूचनामा भनिएको छ,'त्यसैले फोहर सङ्कलनसँग सम्बन्धित निजी क्षेत्र, व्यक्ति, संस्था तथा सरकारी कार्यालयहरूले यस्ता सीसाजन्य फोहरहरूलाई अन्य फोहरसँग मिसाउन नदिनुहोस्।'
यी फोहरहरूलाई छुट्टै सङ्कलन गरी आफ्नै घरको कम्पाउण्ड वा कार्यालयको परिसरभित्र सुरक्षित रूपमा राख्न समेत महानगरले आग्रह गरेको छ ।

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण