गौरबाहेक रौतहटका अन्य स्थानमा निषेधाज्ञा र कर्फ्यू हटाइयो
सारांश
- रौतहट जिल्लाको गौर बाहेक अन्य स्थानमा लगाइएको निषेधाज्ञा र कर्फ्यू हटाइयो।
- जिल्ला सुरक्षा समितिको बैठकले शनिबार साँझ ५ बजेदेखि लागू हुने गरी निर्णय गरेको हो।
- गौर बजारका केही संवेदनशील क्षेत्रमा भने निषेधाज्ञा यथावत रहनेछ।
रौतहट । रौतहटमो सदरमुकाम गौरबाहेक जिल्लाका अन्य स्थानमा जारी निषेधाज्ञा तथा कर्फ्यू हटाइएको छ। पछिल्लो सुरक्षा परिस्थितिको मूल्याङ्कनमा जनजीवन क्रमशः सामान्य बन्दै गएको निष्कर्षसहित शनिबार जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो।
प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले जारी गरेको सूचना अनुसार, जिल्ला प्रशासन ऐन २०२८ को दफा ६(ख) बमोजिम आजै बेलुकी ५ बजेदेखि जिल्लाभरि लागु निषेधाज्ञा र कर्फ्यू हटाइने उल्लेख गरिएको छ।
तर, गौर बजारका केही संवेदनशील क्षेत्रमा भने निषेधाज्ञा यथावत रहनेछ। पूर्वमा नेपाल लजदेखि पश्चिम घण्टाघरसम्म, कृषि ज्ञान केन्द्र उत्तरतर्फ र जुद्ध माध्यमिक विद्यालय दक्षिणतर्फ पर्ने क्षेत्रलाई भने निषेधाज्ञा क्षेत्रका रूपमा निरन्तरता दिइएको प्रशासनले जनाएको छ।
स्थानीय प्रशासनका अनुसार, सुरक्षाको अवस्था स्थिर भए पनि गौर बजार क्षेत्रमा अझै सतर्कता आवश्यक भएकाले निषेधाज्ञा कायम राखिएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महान्यायाधिवक्ता कँडेलविरुद्धको रिटमा तोकियो पेसी
-
शुक्लाफाँटामा कृष्णसारको सङ्ख्या तीन सयभन्दा बढी, व्यवस्थापन चुनौतीपूर्ण
-
सामुदायिक विद्युतीकरण विस्तारमा समस्या
-
दादुराको उच्च जोखिम रहेका जिल्लामा खोप अभियान
-
नेपालगञ्ज र भैरहवाको तापक्रम ४१ डिग्री पुग्ने, धनकुटा र विराटनगरमा झरी
-
ट्राफिक कारबाहीबाट २४ घण्टामा २२ लाख ३९ हजार राजस्व दाखिला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण