शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

महान्यायाधिवक्ता बडालले दिए पदबाट राजीनामा

आइतबार, २९ भदौ २०८२, १६ : ००
आइतबार, २९ भदौ २०८२

काठमाडौँ । महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका छन् ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ता नियुक्त गरेका बडालले भदौ २४ गते नै पदबाट राजीनामा दिएकाे महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता सहमहान्यायाधिवक्ता उद्धवप्रसाद पुडासैनीले रातोपाटीलाई जानकारी दिए । 

उनका अनुसार बडालले राजीनामा दिएको जानकारी आइतबार राष्ट्रपति कार्यालयले महान्यायाधिवक्ताको कार्यालयमा पठाएको छ । 

‘उहाँ (महान्यायाधिवक्ता)ले भदौ २४ गते पदबाट राजीनामा दिनुभएको हो,’ पुडासैनीले भने, ‘राष्ट्रपति कार्यालयबाट उहाँले राजीनामा दिएको जानकारी आज आएको जानकारी दिए ।’

बडाललाई ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले २०८१ साउन २ गते महान्यायाधिवक्तामा नियुक्त गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप