जेनजी आन्दोलनको हत्यामा संलग्नमाथि कारबाही नभए पुनः सरकार ढालिन्छ : सुदन गुरुङ
काठमाडौँ । जेनजी आन्दोलनका अभियन्ता सुदन गुरुङले पीडितहरूको माग तत्काल पूरा गर्न सरकारसँग आग्रह गरेका छन् ।
आइतबार काठमाडौँमा आयोजित एक साक्षात्कार कार्यक्रममा उनले शहीद परिवारको माग भोलि (सोमबार) बिहानसम्म सम्बोधन नभए सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार पनि ढल्ने चेतावनी समेत दिए ।
पीडितले न्याय पाउने कुरा सुनिश्चित नभए सरकार फेरि पनि ढल्ने अभियन्ता गुरुङको जिकिर थियो । नवनियुक्त प्रधानमन्त्री कार्कीले सिंहदरबार पुगेर पदभार ग्रहण गरेको केहीबेरमा नै उनले सो प्रतिक्रिया दिए ।
अभियन्ता गुरुङले भने,‘हाम्रो माग अझै पनि पूरा भएको छैन । जारी छ । म एक्लै भए पनि आन्दोलन जारी छ । मलाई इण्डियन, चाइनिज जे भनेपनि मेरो निम्ति देश ठुलो हो, लड्छु । भोलि बिहानसम्म उनीहरूको माग पूरा हुन्छ । माग पूरा नभए सरकार फेरी पनि ढल्छ । जुन सरकार पनि जनताको हुनुपर्छ । पिपुल पावर भन्छ, पावर जहिले पनि नेताको हुन्छ । अहिले जनताको एक्सेस भएको छ । त्यो कहिल्यै यस अघि भएको थिएन । पीडितले न्याय पाउने कुरा कन्फर्म त भएको छैन । त्यो नभएसम्म जुनै सरकार आएपनि ढल्छ । टेनसन नलिए हुन्छ । म छु–एक्लै भए पनि लड्छु ।’
कार्यक्रममा शहीद परिवारका सदस्यहरूले पनि जेनजी आन्दोलन दमन गरी हत्या गर्ने काममा संलग्नहरूलाई तत्काल कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
इजरायलको निर्णयप्रति अजरबैजान असन्तुष्ट
-
इजरायलमाथि युद्धविराम उल्लङ्घनको आरोप
-
पटनाका दुग्ध उत्पादक किसान चितवनमा
-
‘जलवायुमैत्री प्रविधि प्रयोग गरेर धानमा आत्मनिर्भर हुनुपर्छ’
-
ई-पासपोर्ट छपाईमा अनियमितता : महानिर्देशक अर्यालसहित ५ जनालाई धराैटीमा छाड्न आदेश
-
रुसद्वारा युक्रेनको युद्ध रोक्ने नयाँ प्रस्ताव अस्वीकार, चार क्षेत्र कब्जा गर्ने लक्ष्य नछाड्ने घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण