बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

यस्तो छ अर्थमन्त्री खनालको पहिलो निर्णय

सोमबार, ३० भदौ २०८२, १३ : २६
सोमबार, ३० भदौ २०८२

सारांश

  • नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले बजेटबाट टुक्रे आयोजना हटाउन कार्यदल गठन गरेका छन्।
  • राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा उनलाई पद तथा गोपनीयताको शपथ दिलाए।

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले टुक्रे र प्राथमिकतामा नरहेका आयोजना बजेटबाट हटाउनेबारे अध्ययन गर्न कार्यदल गठन गरेका छन् । मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री खनालले कार्यदल गठन गर्ने पहिलो निर्णय गरेका हुन् ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शीतल निवासमा आयोजित एक समारोहका बिच पद तथा गोपनीयताको शपथ दिलाएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप