शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

जनमत पार्टीले मधेसका सभामुखलाई बुझायो मुख्यमन्त्री फिर्ता बोलाएको पत्र

मङ्गलबार, ३१ भदौ २०८२, १६ : ५५
मङ्गलबार, ३१ भदौ २०८२

सारांश

  • जनमत पार्टीले मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाई सरकारबाट फिर्ता बोलाएको पत्र सभामुखलाई बुझायो।
  • जनमत पार्टीले मधेस सरकारको समर्थन फिर्ता लिँदै मुख्यमन्त्री र मन्त्रीहरूलाई फिर्ता बोलाएको जनाएको छ।
  • सभामुखले पत्र दर्ता गरी आवश्यक कारबाहीका लागि प्रदेश सभा सचिवालयका सचिवलाई निर्देशन दिए।

जनकपुरधाम । जनमत पार्टीले मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाई सरकारबाट फिर्ता बोलाएको पत्र त्यहाँका सभामुख रामचन्द्र मण्डललाई बुझाएको छ ।

जनमत पार्टीका मधेस प्रदेश सभा संसदीय दलका नेता महेश प्रसाद यादवले सभामुखलाई पठाएको पत्रमा मधेस सरकारलाई दिइको समर्थन फिर्तासहित मुख्यमन्त्री र मन्त्रीलाई पार्टीले फिर्ता बोलाएको जानकारी मधेस प्रदेश प्रमुखको कार्यालयलाई भदौ २८ गते नै गराइसकेको उल्लेख छ । सोही अनुसार सदनमा जनमत पार्टीको व्यवस्थापनका लागि भन्दै सभामुखलाई संसदीय दलका नेता यादवले पत्र बुझाएका हुन् ।

सभामुख मण्डलले प्रदेश सभा सचिवालयका सचिवलाई उक्त पत्र दर्ता गरी आवश्यक कारबाहीका लागि निर्देशन दिएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप