आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

जेनजी आन्दोलनमा प्रदेश सभामा आक्रमण हुनु दुःखद् : सभामुख भण्डारी

मङ्गलबार, ३१ भदौ २०८२, १८ : १४
मङ्गलबार, ३१ भदौ २०८२

कैलाली । सुदूरपश्चिम प्रदेशमा जेनजी आन्दोलनका क्रममा प्रदेश सभा लगायत सरकारी कार्यालयहरूमा ठुलो क्षति पुगेको छ । प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले भौतिक संरचनामाथि भएको आक्रमणलाई ‘दुःखद्’ भन्दै निन्दा गरेका छन् ।

सभामुख भण्डारीका अनुसार प्रदेश सभा भवनमा करिब ९० प्रतिशत क्षति पुगेको छ । उनका अनुसार सभा सञ्चालन हुन लामो समय लाग्ने देखिएको छ ।

निर्वाचित प्रतिनिधिहरूसँगको आक्रोश भौतिक संरचनामाथि देखाउनु हामी सबैको साझा क्षति गर्नु हो’ उनले भने ।

उनका अनुसार यो कार्यमा संलग्न हुने जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्छ। भण्डारीले आन्दोलनले देशलाई गलत दिशामा लैजान सक्नेप्रति चिन्ता समेत व्यक्त गरे ।

मंगलबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको एक टोलीले आन्दोलनबाट क्षतिग्रस्त भएका संरचनाहरूको अनुगमन गरेको छ । 

मुख्यमन्त्रीको टोलीले प्रदेश सरकारका विभिन्न मन्त्रालय र अन्य कार्यालयमा पुगेर क्षतिको विवरण लिएको हो । अनुगमनपछि क्षतिको मूल्याङ्कन गरी आगामी कदमबारे निर्णय लिइने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप