मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्राइम सिरामिकले १.३ मेगावाटको सौर्य ऊर्जा प्लान्ट बनाउँदै

मङ्गलबार, ३१ भदौ २०८२, २० : ४१
मङ्गलबार, ३१ भदौ २०८२

काठमाडौँ । नेपालको एक मात्र हरित टाइल उत्पादक प्राइम सिरामिकले शून्य कार्बन उत्सर्जनको लक्ष्यतर्फ महत्त्वपूर्ण कदम चालेको छ। कम्पनीले रौतहटस्थित आफ्नो कारखाना परिसरमा १.३ मेगावाटको सौर्य ऊर्जा परियोजनाको निर्माण कार्य सुरु गरेको हो।

कम्पनीका अनुसार यस सौर्य ऊर्जा प्लान्टबाट वार्षिक १४ लाख युनिट स्वच्छ ऊर्जा उत्पादन हुने अपेक्षा गरिएको छ। यसले करिब ८ हजार टन कार्बन उत्सर्जन न्यूनीकरण गर्नुका साथै २१ हजार रुख बचत गरे बराबरको वातावरणीय योगदान दिनेछ।

उत्पादित स्वच्छ ऊर्जा प्रत्यक्ष रूपमा टाइल उत्पादन प्रक्रियामा प्रयोग गरिनेछ, जसले प्राइम टाइल्सलाई वातावरणमैत्री बनाउन थप सहयोग पुग्नेछ।

यो परियोजनाको लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एईपीसी)ले डीकेटीआई कार्यक्रम अन्तर्गत वित्तीय सहयोग उपलब्ध गराएको छ। सहयोग सम्झौता हस्ताक्षरमा एईपीसीका कार्यक्रम अधिकृत निरज सापकोटा र कार्यकारी निर्देशक नवराज ढकाल, तथा प्राइम सिरामिकका अध्यक्ष आशिष गर्ग सहितका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप