एमालेले च्यासलमै संविधान दिवस मनाउने
बुधबार, ०१ असोज २०८२, १६ : ५१
सारांश
- नेकपा एमालेले असोज ३ गते पार्टी केन्द्रीय कार्यालयमा संविधान दिवस मनाउने निर्णय गरेको छ।
- बैठकमा उपत्यकाका सबै पार्टी पङ्क्तिलाई सहभागी गराउने निर्णय समेत गरियो ।
- उपाध्यक्ष गुरु बराल, महासचिव शङ्कर पोखरेललगायत बैठकमा सहभागी थिए।
काठमाडौँ । नेकपा एमालेले असोज ३ गते पार्टी केन्द्रीय कार्यालय (च्यासल) परिसरमै संविधान दिवस मनाउने भएको छ । बुधबार बसेको जनसङ्गठन, सम्पर्क कमिटी, बागमतीका इन्चार्ज र अध्यक्ष तथा केन्द्रीय विभाग प्रमुख सहभागी बैठकले असोज ३ गते बिहान ८ बजे एमाले केन्द्रीय कार्यालय परिसरमा संविधान दिवस मनाउने निर्णय गरेको हो ।
केन्द्रीय कार्यालयमा मनाउने संविधान दिवसका अवसरमा उपत्यकाका सबै पार्टी पङ्क्ति सहभागी हुने निर्णय समेत गरेको केन्द्रीय सदस्य नीरज आचार्यले जानकारी दिए ।
बैठकमा उपाध्यक्ष गुरु बराल, महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिव छविलाल विश्वकर्मा, पदमा अर्याल, रघुवीर महासेठलगायत सहभागी थिए । २०७२ साल असोज ३ गते संविधान जारी भएको दिनलाई संविधान दिवसका रूपमा मनाउने गरिएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण