सुदूरपश्चिम विश्वविद्यालयमा डिन र क्याम्पस प्रमुखसहित नयाँ पदाधिकारीहरूको नियुक्ति
बिहीबार, ०२ असोज २०८२, १७ : ५६
धनगढी । सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत विभिन्न सङ्कायहरूमा नयाँ पदाधिकारीहरूको नियुक्ति गरिएको छ ।व्यवस्थापन सङ्कायको डीनमा प्रा.डा. पदम राज जोशी पुनः नियुक्त भएका छन् ।
विज्ञान तथा प्रविधि संकायको डीनमा डा. प्रेमसिंह साउद नियुक्त भएका छन्। उनलाई नेपाल सरकारबाट राष्ट्रिय शिक्षा पुरस्कार–२०८१ प्रदान गरिएको थियो ।
प्राकृतिक स्रोत व्यवस्थापन तथा वन विज्ञान सङ्काय (स्कुल अफ फरेष्ट) मा उप–प्राध्यापक शिद्धराज पन्त डीन बनेका छन् ।त्यसैगरी कैलाली बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा डा. लोकबहादुर बिष्ट नियुक्त भएका छन् ।
नव नियुक्त पदाधिकारीहरूलाई विश्वविद्यालयका उपकुलपति डा. हेमराज पन्त र रजिष्ट्रार डा. विनोद लेखकले नियुक्तिपत्र दिँदै बधाई तथा शुभकामना दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा शेखर समूहको भेलामा को–को छन् सहभागी ?
-
इटहरीमा कोशीकै सबैभन्दा ठुलो सम्मेलन केन्द्र बन्ने
-
निर्वाचन परिणाम बदर भएसँगै रास्वपा कैलालीको विवाद उत्कर्षमा
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
-
काठमाडौँले अन्तर्राष्ट्रियस्तरको काठमाडौँ फिल्म फेस्टिभलको आयोजना गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण