शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
संविधान दिवस

‘संविधान लोकतान्त्रिक आन्दोलनको एउटा महत्त्वपूर्ण उपलब्धि हो’

शुक्रबार, ०३ असोज २०८२, ०४ : ४०
शुक्रबार, ०३ असोज २०८२

सारांश

  • शेरबहादुर देउवाले संविधान नेपाली जनताको लामो संघर्षको उपलब्धि भएको बताएका छन्।
  • देउवाले संविधान दिवसको अवसरमा शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरे।
  • देउवाले राजनीतिक जटिलताको समाधान संविधानले नै गर्नुपर्ने कुरामा जोड दिए।

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानलाई नेपाली जनताले लामो समयसम्म सङ्घर्ष र लोकतान्त्रिक आन्दोलनमार्फत हासिल गरेको महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन्।

संविधान दिवस २०८२ का अवसरमा शुभकामना सन्देश जारी गर्दै देउवाले यस्तो बताएका हुन् । 

शुभकामना सन्देशमा देउवाले भनेका छन्, “नेपाली काँग्रेसको नेतृत्वमा, जनताका निर्वाचित प्रतिनिधिद्वारा असोज ३, २०७२ मा संविधानसभाबाट पारित भई घोषणा भएको नेपालको संविधान नेपाली जनताले पटक–पटक गरेको क्रान्ति, सङ्घर्ष र लोकतान्त्रिक आन्दोलनको एउटा महत्त्वपूर्ण उपलब्धि हो ।”

उनले संविधान दिवसको अवसरमा ज्ञात-अज्ञात सबै सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै संविधानले लोकतन्त्र, मानव अधिकार र सामाजिक न्याय सुनिश्चित गरेकोमा गौरव व्यक्त गरे। साथै उनले संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको स्थायित्व कायम गर्दै मुलुकलाई आर्थिक समृद्धितर्फ अगाडि बढाउन आवश्यक प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे।

देउवाले भनेका छन्, “संविधान मुलुकको सर्वोच्च कानुन भएकोले कुनै पनि विशेष परिस्थितिमा उत्पन्न राजनीतिक जटिलताको समाधान संविधानले नै दिनु पर्दछ। यदि यसो हुन सकेन भने राजनैतिक स्थिरताको खोजीमा संविधान बाहिर जाँदा झन्झन् अस्थिरता निम्तिने सम्भावना रहन्छ। वर्तमान संविधानको सफलतासँग हामीले देशको समुन्नतिलाई सुनिश्चित गर्ने सङ्कल्प नै आज हामी सबैको साझा दायित्व हो।”

Sambidhan Dibas 2082 Deuba message

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप