आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

ट्रम्पको दबाबपछि सरकारी वकिलले दिए राजीनामा

शनिबार, ०४ असोज २०८२, ११ : ०२
शनिबार, ०४ असोज २०८२

सारांश

  • अमेरिकी राष्ट्रपति ट्रम्पको दबाबपछि सरकारी वकिल एरिक सेइबर्टले राजीनामा दिएका छन्।
  • ट्रम्प प्रशासनले न्यूयोर्ककी महान्यायाधिवक्ता लेटिसिया जेम्सलाई धितो सम्झौतासम्बन्धी रेकर्डहरू झूटा गरेको आरोप लगाएको थियो।
  • ट्रम्पले सेइबर्टलाई हटाउन चाहेको बताएपछि उनले आफ्ना सहकर्मीलाई राजीनामाको जानकारी गराए।

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाबपछि एक सरकारी वकिलले पदबाट राजीनामा दिएका छन्।

न्यूयोर्कस्थित अभियोजक एरिक सेइबर्टले शुक्रबार राजीनामा दिएका हुन्। उनले ह्वाइट हाउसका राजनीतिक प्रतिद्वन्द्वीविरुद्धको आरोपमा भइरहेको अनुसन्धानमा संलग्न रहँदा राष्ट्रपति ट्रम्पको निरन्तर दबाब झेल्नु परेको बताइएको छ।

ट्रम्प प्रशासनले न्यूयोर्ककी महान्यायाधिवक्ता लेटिसिया जेम्सले 'धितो सम्झौतासम्बन्धी रेकर्डहरू झूटा गरेको' आरोप लगाएको थियो। तर, यस विषयमा आपराधिक अभियोग दायर हुन सकेन। सेइबर्टले सो आरोपप्रति प्रारम्भदेखि नै शंका व्यक्त गर्दै आएका थिए।

यही क्रममा शुक्रबार ट्रम्पले एरिक सेइबर्टबारे विज्ञप्ति जारी गरेका थिए। उक्त विज्ञप्ति सार्वजनिक भएको केही समयमै सेइबर्टले आफ्ना सहकर्मीलाई राजीनामाको जानकारी गराएका थिए। पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भनेका थिए, 'म उनलाई (एरिक) बाहिर निकाल्न चाहन्छु।'

डेमोक्र्याट नेतृ लेटिसिया जेम्सले भने आफूविरुद्धको आरोपलाई निराधार र बदला प्रेरित भन्दै खण्डन गरेकी छन्। उनले २०२३ मा ट्रम्पविरुद्ध ठगी मुद्दा जितेकी थिइन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप