३ जना मृतावस्थामा फेला
शनिबार, ०४ असोज २०८२, १७ : ०८
काठमाडौँ । देशका विभिन्न स्थानमा छुट्टाछुट्टै घटनामा तीन जना मृतावस्थामा फेला परेका छन्।
प्रहरी प्रधान कार्यालयको केन्द्रीय समाचार कक्षका अनुसार पर्सा जिल्लाको पकाहा मैनपुर गाउँपालिका–४ स्थित खेस्राहा–लहावरथकरी जाने बाटो छेउको नहरमा अन्दाजी ४० वर्षीय पुरुष शुक्रबार मृतावस्थामा फेला परेका छन्। मृतकको नाम, थर र वतन खुल्न बाँकी छ।
त्यसैगरी महोत्तरी गाउँपालिका–२ बस्ने २८ वर्षीय राजेश कापर शुक्रबार घर नजिकैको पोखरीमा मृतावस्थामा भेटिएका छन्।
यसैबीच, इलामको सूर्योदय नगरपालिका–२ बौद्धधामस्थित झाडीमा सोही नगरपालिका–३ बस्ने तथा पाँचथरको फाल्गुनन्द गाउँपालिका–५ घर भएका ३३ वर्षीय योगेश नेम्वाङ शनिबार मृतावस्थामा फेला परेका छन्।
तीनै घटनाबारे आवश्यक अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मोडल हन्ट नेपाल २०२६’को फाइनलमा ४२ प्रतियोगी भिड्ने
-
पश्चिम एसिया तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना
-
सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन
-
दुई आईजी आज अमेरिका जाँदै, सिनियरलाई निमित्तको जिम्मेवारी
-
सामाजिक सञ्जालमा भाइरल छ चीनको ‘रुफटप रेन’ कुलिङ सिष्टम
-
कांग्रेसमा उपलब्धिबिनाका बग्रेल्ती भेटघाट, विवाद जहाँको त्यहीँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण