शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

नक्खु कारागारबाट भागेका कैदीले गरे श्रीमतीको हत्या

आइतबार, ०५ असोज २०८२, १५ : ५३
आइतबार, ०५ असोज २०८२

काभ्रे । नक्खु कारागारबाट भागेका एक कैदीले श्रीमतीको हत्या गरेका छन् । 

जेनजी आन्दोलनको मौका छोपेर भदौ २४ गते भागेर पनौती नगरापलिका-१२ कलाँतीस्थित घर आइपुगेका सन्तबहादुर तामाङले श्रीमतीको हत्या गरेका त्यहाँका वडाध्यक्ष जयराम केसीले बताए । हत्यापछि तामाङ फरार भएका छन् । प्रहरीको टोली घटनास्थल पुगेको छ ।

वडाध्य केसीका अनुसार पनौती–१२ गागलका ३५ वर्षीय तामाङले ३० वर्षीय मनिषा घ्यावा तामाङको हत्या गरेका हुन् । 

घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए । तामाङ जबर्जस्तीकरणीमा जेल परेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप