शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

सञ्चारमन्त्री बन्दै पत्रकार जगदीश खरेल

आइतबार, ०५ असोज २०८२, २० : ४१
आइतबार, ०५ असोज २०८२

काठमाडौँ । पत्रकार जगदीश खरेल मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले खरेलको नाम सञ्चारमन्त्रीका लागि प्रस्ताव गरेकी थिइन् । 

प्रधानमन्त्री कार्कीले आइतबार राष्ट्रपतिसमक्ष खरेलको नाम सिफारिस गरेकी हुन् । पत्रकार खरेल इमेज टेलिभिजनका समाचार प्रमुख हुन् । 

दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय खरेलले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर गरेका छन् । 

उनको नाम प्रस्ताव भएपछि रातोपाटीले उनलाई तपाईँ मन्त्री बन्न लागेको भन्ने प्रश्न गरेको थियो । जवाफमा उनले भने, ‘ हो, अहिले सञ्चार तथा सूचना प्रविधि भन्ने छ । अरू बाँकी नै होला ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप