शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय
राताेपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: एन्फा पूर्वअध्यक्ष पक्राउदेखि ९५ प्रतिशत स्थानीय सरकारले बजेट समयमै ल्याएसम्म

शुक्रबार, १२ असार २०८३, २३ : ५९
शुक्रबार, १२ असार २०८३

सारांश

  • ९५ प्रतिशतभन्दा बढी स्थानीय तहले समयमै बजेट ल्याउनुलाई वित्तीय संघीयता कार्यान्वयनको उत्कृष्ट उदाहरण मानिएको छ ।
  • राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन नयाँ नेतृत्व र नीति तय गर्दै सम्पन्न भएको छ ।
  • शिक्षा मन्त्रीले कक्षा १२ को नतिजा त्रुटिविहीन भने पनि छानबिन समिति गठन गरेका छन् ।

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ ।

१. स्थानीय सरकारका बजेट

 समग्ररूपमा हेर्दा ९५ प्रतिशतभन्दा बढी स्थानीय तहले समयमै बजेट ल्याउन सक्नुलाई अहिलेसम्मकै उत्कृष्ट वित्तीय संघीयता कार्यान्वयनको रूपमा हेरिएको छ ।

२. सकियो रास्वपा महाधिवेशन

भद्रगोल व्यवस्थापनकैबिच नयाँ नेतृत्व र नीति तय गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को पहिलो महाधिवेशन सकिएको छ। 

३. शिक्षा मन्त्रीको दोहोरो कुरा

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कक्षा १२ को नतिजा त्रुटिविहीन भने पनि नतिजाका सन्दर्भमा प्रश्न उठेपछि छानबिन समिति गठन गरेका छन् ।  

४. कांग्रेसको विवाद मिलाउन नेता फेरिएको फेरियै 

तथापि काठमाडौँमा सम्पन्न विशेष महाधिवेशनबाट सभापतिमा चयन भएका गगन थापाले विवाद समाधानका लागि वार्ता र संवाद गर्न नयाँ–नयाँ नेतालाई जिम्मेवारी दिएर प्रयास भने जारी राखेका छन्। 

५. पासपोर्ट खरिदमा कसरी भयो १० अर्ब भ्रष्टाचार ? 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट खरिदको ठेक्कामा भ्रष्टाचार गरेको आरोपमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित १८ जनामाथि मुद्दा दायर गरेको छ ।

६. एन्फा पूर्वअध्यक्ष पक्राउ

७. मौद्रिक नीति 

मुलुकको अर्थतन्त्रका बाह्य क्षेत्र मजबुत भए पनि आन्तरिक अर्थतन्त्र अझै शिथिल छ । जेनजी आन्दोलनपछि मुलुकको आर्थिक गतिविधिमा मन्दी कायम छ।

८. शिक्षा 

सरकारलाई विद्यालय शिक्षा प्रणालीमा विद्यार्थी टिकाउनै हम्मेहम्मे परेको छ । पछिल्लो तीन वर्षमा माध्यमिक तहबाट एक लाख ६४ हजार विद्यार्थी गायब भएका छन् ।

९. अदालत/प्रशासन

सर्वोच्च अदालतले इजलासमा हुने सुनुवाइको ‘लाइभ स्ट्रिमिङ’ (प्रत्यक्ष प्रसारण) गर्न कार्यविधि बनाउने तयारी थालेको छ । 

१०. संघीयताको सवाल 

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा सङ्घीयतालाई पुनर्संरचना गर्नेबारे आएको प्रस्ताव चर्चाको विषय बनेको छ । यसबारे सबैभन्दा धेरै मधेस प्रदेशमा चर्चा भइरहेको छ ।

११. सातदोबाटो र एकान्तकुनामा अन्डरपास र ओभरपास बन्दै

उपत्यकाको बढ्दो ट्राफिक चापलाई दीर्घकालीन रूपमा व्यवस्थापन गर्न सरकारले चक्रपथका थप दुई प्रमुख स्थानमा अन्डरपास र ओभरपास निर्माण गर्ने प्रक्रिया अघि बढाएको छ । लामो समयदेखि चर्चामा रहेका ललितपुरको सातदोबाटो र एकान्तकुना चोकमा ग्रेड सेपरेटेड सडक संरचना निर्माणको काम आगामी आर्थिक वर्ष (२०८३/०८४) देखि सुरु गर्ने तयारी गरिएको छ ।

१२.खेलकुद 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप