शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
स्वास्थ्यमन्त्रीमा मिश्रा

स्वास्थ्यको कर्मचारीलाई मन्त्रालयको बागडोर

आइतबार, ०५ असोज २०८२, २१ : ३३
आइतबार, ०५ असोज २०८२

काठमाडौँ । स्वास्थ्य मन्त्रालयकी कर्मचारी संगीता कौशल मिश्रालाई स्वास्थ्य मन्त्रालयको बागडोर सम्हाल्ने गरी जिम्मेवारी दिइएको छ । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले मिश्रालाई स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रधानमन्त्री सुशीला कार्कीले मिश्रालाई स्वास्थ्यमन्त्री बन्न प्रस्ताव गरेकी थिइन् । प्रदीप पौडेल स्वास्थ्यमन्त्री हुँदा अतिरिक्त सचिव मिश्रा स्वास्थ्य सचिवकी प्रतिस्पर्धी थिइन् ।  

तर तत्कालीन केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले गरेको सचिव बढुवा गर्ने निर्णयमा उनी परिनन् ।

अरू प्रतिस्पर्धीभन्दा सिनियर भएर पनि आफू मधेसी महिला भएकै कारण सचिव बढुवामा नपरेको उनले आरोप समेत लगाएकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप