स्वास्थ्य मन्त्रालयका सयौँ सवारी जलेर नष्ट
सोमबार, ०६ असोज २०८२, १७ : २२
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय परिसरमा रहेका सयौँ सवारी साधन जलेर नष्ट भएका छन् ।
मन्त्रालयमा रहेका २५ वटा गाडी र दुई सय वटा मोटरसाइकल जलेर नष्ट भएका हुन् । आन्दोलनकारीको आगजनीबाट कर्मचारीका सवारी जलेर ध्वस्त भएको मन्त्रालयका उपसचिव डाक्टर समीरकुमार अधिकारीले बताए ।
यस्तै मन्त्रालयका फर्निचर, महत्त्वपूर्ण कागज तथा फाइल, कम्प्युटरलगायत सामग्री जलेर नष्ट भएका छन् ।
उनका अनुसार चार दशकदेखि सुरक्षित राखिएका सम्पूर्ण कागजात जलेर नष्ट भएका हुन् ।आगजनीबाट भएको क्षतिबारे विवरण सङ्कलन गर्ने कार्य भइरहेको छ ।
तत्कालका लागि स्वास्थ्य मन्त्रालय नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) को नयाँ भवनबाट सञ्चालन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण