तमाम बाधाहरूबिच नेपालले लोकतन्त्रको सपना देख्न छाडेको छैन
सारांश
- लेखमा नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रको भविष्य र युवा पुस्ताको भूमिकाबारे चर्चा गरिएको छ।
- भ्रष्टाचारविरुद्धको प्रदर्शनपछि भएको हिंसा र त्यसपछिको राजनीतिक अवस्थाको विश्लेषण गरिएको छ।
- अराजकता र अस्थिरताका कारण संघीय लोकतान्त्रिक गणतन्त्रमाथि आएको संकटबारे प्रकाश पारिएको छ।
हालिफाक्सको सार्वजनिक पार्क होस् वा टोरन्टोको स्थानीय ग्रोसरी पसल वा मोन्टरेलको मेट्रोमै किन नहोस्, मानिस नेपाली भाषामा कुरा गरिरहेको सुन्नु मेरालागि अनौठो रहेन । दशकौँदेखि मेरो देश नेपालबाट ठु्लो संख्यामा युवा बाहिरिएका छन् । झट्ट हेर्दा लोकतन्त्रजस्तो देखिने, तर सारमा लोकतन्त्र बन्न नसकेको व्यवस्थाले आफ्ना आवश्यकता पूरा गर्न नसक्ने ठानेर निराश भएका उनीहरू देश छोड्न लाम लागेका हुन् ।
आफ्नो लोक अर्थात् जनताकै सेवा गर्न नसक्ने लोकतन्त्रका सामु के गर्न सकिन्छ ? सन् १९५० यता नेपालका प्रत्येक पुस्ताले यही प्रश्नको सामना गरिरहेका छन् । जेन–एक्स पुस्ताको रूपमा म सन् १९९० ताका नेपालमा निरंकुश राजतन्त्र फालेर संसदीय लोकतन्त्र स्थापना गरिएको समयमा हुर्केको हुँ । हाम्रा दुःखका दिन अब सकिए भनेर हामीले उत्सव मनाएका थियौँ ।
तर, लोकतन्त्रका लागि लडेका दलहरू शासन सञ्चालनमा असमर्थ सिद्ध भए । असल शासनको रुचि नै छैनजस्तो देखियो । निरन्तरको आर्थिक तथा सामाजिक अन्यायले सिर्जना गरेको जनआक्रोशलाई लिएर केवल ६ वर्षमै माओवादीहरूको ठुलो विद्रोह तयार भयो । सन् २००५ सम्म आइपुग्दा संवैधानिक राजतन्त्रका रूपमा रहेका राजाले सैन्य ‘कु’ मार्फत शक्ति हातमा लिए । नागरिक समाज र दलहरूको अगुवाइमा तेस्रो लोकतान्त्रिक आन्दोलन चल्यो ।
सन् २००६ देखि २०१५ सम्म नेपालीहरूको बहस आन्दोलनका सबल र दुर्बल पक्ष, शान्ति प्रक्रियामा संयुक्त राष्ट्रसंघको मध्यस्थता, राजतन्त्रको अन्त्य, दुई वटा संविधान सभा हुँदै नयाँ संविधानमार्फत संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना वरपर केन्द्रित रह्यो ।
नेपाल अहिले फेरि अर्को उल्लासको माहोलमा फसेको छ । स्थापनाको १० वर्ष नबित्दै नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रले अस्तित्वमाथिको खतरा सामना गर्दैछ । देशको आधाभन्दा धेरै जनसंख्या २५ वर्ष मुनिको छ । यी युवा निराश छन् । उनीहरू यत्तिकै निराश भएका होइनन् ।
हतियार बिसाएपछि माओवादी पार्टी पनि अरु पार्टीजस्तै स्वार्थी समूहमा रुपान्तरण भयो । यसका नेता पुष्पकमल दाहाल पनि नेकपा एमालेका केपी ओली र नेपाली कांग्रेसका शेरवहादुर देउवासँग मिलेर अल्पकालीन गठबन्धन सरकार बनाउँदै प्रतिस्पर्धी राजनीतिको खिल्ली उडाउनमै तल्लीन भए । उनीहरूका दलचाहिँ व्यापार, ठेक्कापट्टा तथा आपराधिक समूहरूसँग आपसी लाभका गठबन्धन बनाउनमै व्यस्त भए ।
नेपालमा तीन दलको भ्रष्ट शासन थियो । चुनावदेखि चुनावसम्म जाँदा दाहाल–ओली–देउवाको तिरस्कृत त्रिकोण भत्काउन असम्भव प्रतीत हुन्थ्यो । र, त्यसैले नागरिकहरूले नयाँ आशा पाए– जब आफूलाई जेनेरेसन जेड भनेर चिनिने डिजिटल रूपमा जानकार कार्यकर्ताहरूको खुकुलो, ठुलो मात्रामा बेनामी गठबन्धनले सेप्टेम्बर ८ मा भ्रष्टाचार विरुद्ध सडकमा आउन विरोधको आह्वान गर्यो ।
नेपालमा तीन दलको भ्रष्ट शासन थियो । चुनावदेखि चुनावसम्म जाँदा दाहाल–ओली–देउवाको तिरस्कृत त्रिकोण भत्काउन असम्भव प्रतीत हुन्थ्यो, तर जब सेप्टेम्बर ८ मा भ्रष्टाचारविरुद्ध सडकमा आउन आह्वान गरियो, नागरिकले यसमा नयाँ आशा देखे ।
यसैबिच जेनजी भनेर चिनिने डिजटल प्रविधिमा खेल्न सक्ने सचेत युवाहरूको खुकुलो समूहले आपसी सहकार्यमा सेप्टेम्बर ८ का दिन भ्रष्टाचारविरुद्ध प्रदर्शनको घोषणा गर्यो । नागरिकले यसमा नयाँ आशा देखे ।
आन्दोलनपछि भएको अराजकताको भने कसैले पनि अनुमान गरेको थिएन । प्रहरीले युवा प्रदर्शनकारीमाथि गोली चलाउँदा १९ जनाको मृत्यु हुन पुग्यो । शोकमा संसारभरका नेपालीहरू रोए । मारिनेहरूमा धेरैजसो स्कूल र कलेजको पोसाकमै थिए । त्यस पश्चात् जेनजीसँग सम्बद्ध नभएको भनिएका भिडले राष्ट्रिय, प्रादेशिक तथा स्थानीय सरकारी भवनहरू साथै पार्टी कार्यालयहरू, नेताहरूका निजी घरहरू जलाइदिए । हामी निरीह भएर हेर्न विवश भयौँ ।
उक्त हिंसात्मक घटना रोकिने बेलासम्म मृत्यु हुनेको संख्या ७० नाघिसकेको थियो । भौतिक पूर्वाधारमा भएको क्षति ३० खर्ब हाराहारी पुगिसकेको थियो, जुन नेपालकै वार्षिक बजेटभन्दा बढी हुन जान्छ । भर्खर युवावयमा पुग्दै गरेको संघीय लोकतान्त्रिक गणतन्त्र जोगिन्छ कि जोगिन्न भन्ने हेर्न भने बाँकी नै छ ।
बाँकी रहेको एउटामात्रै नागरिक संस्थाको तर्फबाट नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलन सुरु भएको चार दिनपछि अवकाशप्राप्त प्रधान न्यायाधीश सुशीला कार्कीलाई अन्तरिम रूपमा कामचलाउ प्रधानमन्त्रीका रूपमा नियुक्त गरे । लगत्तै प्रधानमन्त्री कार्कीले संसद विघटन गरिन् र आउँदो फागुन २१ मा सम्पन्न हुनेगरी नयाँ निर्वाचनको घोषणासमेत गरिन् ।
म सन् १९९० ताका नेपालमा निरंकुश राजतन्त्र फालेर संसदीय लोकतन्त्र स्थापना गरिएको समयमा हुर्केकी हुँ । हाम्रा दुःखका दिन अब सकिए भनेर हामीले उत्सव मनाएका थियौँ, तर लोकतन्त्रका लागि लडेका दलहरू शासन सञ्चालनमा असमर्थ सिद्ध भए ।
राजनीतिक दलहरू भद्रगोल अवस्थामा पुगेका छन् । कामचलाउ सरकारले पूर्णता पाउन बाँकी छ । दैनिक शासन व्यवस्था राम्रोसँग सुचारु हुन बाँकी छ । नेपालको नयाँ पुस्ता अघिल्लो पुस्ताले गर्न नसकेको काम गर्न कसरी सम्भव छ भनेर ठम्याउन सकेको देखिँदैन । त्यो लोकतन्त्रलाई कसरी जनभावनाको कदर गर्ने बनाउने भन्ने मुख्य काम हो ।
जेनजी अगुवाहरूले गत सेप्टेम्बर ८ मा गोली हान्न आदेश दिनेहरूमाथि अविलम्ब अनुसन्धानका लागि माग गरेका छन् । साथै भोलिपल्टको दंगाको पनि अनुसन्धान हुनुपर्ने भनेका छन् । ‘डिस्कर्ड’ र ‘टिकटक’ जस्ता आफूलाई ठिक लागेका ‘अनलाइन प्लेटफर्म’ मा उनीहरू अघिल्ला पुस्ताले वास्तविक जीवनमा गरेजस्तै बहस गर्दैछन् । यदाकदा अराजक र मिथ्या जानकारीमा आधारित देखिए पनि उनीहरूका छलफल पक्कै पनि आक्रामक छन् ।
उनीहरू आफूले डिजिटल तरिकाको उपयोग मार्फत सिर्जना गरेको उथलपुथललाई कसरी नेपालको कमजोर लोकतन्त्रलाई क्षति गराउनबाट रोक्दै थप सशक्त बनाउन सकिन्छ भनेर छिटो–छिटो सिकिरहेका छन् ।
लोकतन्त्र विरोधी शक्तिहरू तथा अपराधीहरू लम्बिँदै गरेको अस्थिरताबाट फाइदा उठाउन तम्तयार छन् । ६ महिनामै निर्वाचन गराएर देशलाई संविधानको दायरामा फर्काउने हो भने व्यापक सतर्कता तथा सावधानी चाहिने भएको छ ।
लोकतन्त्र विरोधी शक्तिहरू तथा अपराधीहरू लम्बिँदै गरेको अस्थिरताबाट फाइदा उठाउन तम्तयार छन् । ६ महिनामै स्वतन्त्र र निष्पक्ष चुनाव गराएर देशलाई सन् २०१५ को संविधानको दायरामा फर्काउने हो भने व्यापक सतर्कता तथा सावधानी चाहिने भएको छ ।
त्यस पश्चात् संघीय लोकतान्त्रिक गणतन्त्रलाई जेनजीको आह्वान अनुरुप सदुपयोग गर्दै न्यापूर्ण तथा समतामूलक शासनमा ढाल्नु पर्ने हुन्छ । युगौँदेखिको नेपालीको सपना यही नै हो ।
(थापा नेपाली मूलकी क्यानेडियन नागरिक तथा प्रसिद्ध लेखिका हुन् । यो लेख हामीले क्यानडाबाट प्रकाशित हुने पत्रिका ‘ग्लोब एन्ड मेल’ बाट लिएका हौँ ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण