मधेस प्रदेशसभा बैठक बस्दै
मङ्गलबार, ०७ असोज २०८२, १३ : ०३
सारांश
- मधेस प्रदेश सभाको बैठक आज बस्दैछ, जेनजी आन्दोलनपछि पहिलो पटक बोलाइएको हो।
- बैठकमा जेनजी आन्दोलनमा मृत्यु भएकाहरूप्रति शोक प्रस्ताव पेस हुनेछ।
- सभामुख रामचन्द्र मण्डलले सदस्यहरूलाई धारणा राख्न समय दिने बताए।
जनकपुर । लामो समयपछि मधेस प्रदेश सभाको बैठक आज बस्दैछ। दिउँसो १ बजेपछि सुरु हुने बैठक जेनजी आन्दोलनपश्चात पहिलोपटक आह्वान गरिएको हो।
सभामुख रामचन्द्र मण्डलका अनुसार आजको बैठकमा दुई कार्यसूचीमा छलफल हुनेछ। तीमध्ये जेनजी आन्दोलनका क्रममा मृत्यु भएका व्यक्तिहरुप्रति शोक प्रस्ताव र अधिवेशन सुरु भएको अवसरमा शुभकामना मन्तव्य समावेश छन्।
सभामुख मण्डलले दलका नेतासहित प्रदेश सभा सदस्यलाई यी कार्यसूचीमा आ–आफ्ना धारणा राख्न समय दिइने जानकारी दिए।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण